बर्दिया – बाढीका कारण बिरामी भएका तीन जना बालबालिकाको उपचार नपाएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा,
-बारबर्दिया नगरपालिका २ ढुंग्रहीका धरबहादुर थारुकी ९ बर्षीया छोरी अनिता,
-बारबर्दिया नगरपालिका ५ धोबियागाउँका प्रदीप चौधरीका २१ दिनका छोरा अविल र,
-गुलरिया नपा ४ बिचैपुरका अर्जुन श्रेष्ठका ३ बर्षकी छोरी कृष्टि रहेका छन् ।
अनिता साउन २७ गतेदेखिको अविरल बर्षाबाट आएको बाढीका क्रममा भिजेर ज्वरो आउने र उल्टी गरिरहेको अवस्थामा बाटो अबरुद्ध रहेका कारण स्वास्थ्य संस्थामा लैजान नसकेको र ३२ गते मृत्यु भएको बाबु धनबहादुरले बताए ।
२१ दिनका बालक अविलसाउन २१ गते आएको बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा अन्य परिवार र सामानसहित बच्चालाई पनि साथमा लिएर भाग्ने क्रममा बच्चा पानीमा खसी डुबेको थियो । तत्कालै बच्चालाई पानीबाट निकालिएको भएपनि पछि पानीमा भिजेका कारण ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भई साउन ३१ गते मृत्यु भएको उनका बाबुले बताए ।
कृष्टिपनि ज्वरो आउने र वान्ता गर्ने गरेकी थिइन् । बेचैपुर गाउँबाट अस्पताल ल्याउन बबई नदीमा आएको बाढीले जलमग्न भएको र हिँडेर वा अन्य कुनै बाटोबाट सम्भव नभएको बताइएको छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता