काठमाडौं, फागुन १८ – इजरायलले फेरी ६० जना नेपाली केयर गिभर लैजाने भएको छ । चार वर्ष तीन महिनाको श्रम सम्झौता गरेर ४८ जना महिला र १२ जना पुरुष कामदारले केयर गिभरका रुपमा इजरायल जान पाउने छन् ।
नेपाल र इजरायल सरकारबिच भएको दुई पक्षीय सम्झौता अनुसार नयाँ कामदार लैजान लागिएको हो । २०७२ साउन २२ गते नेपाली कामदारलाई केयर गिभरका रुपमा लैजान नेपाल र इजरायलबिच दुई पक्षीय सम्झौता भएको थियो । सम्झौता भए पछि गएको साउनमा ५९ जना नेपाली कामदार केयर गिभरका रुपमा इजरायल पुगिसकेका छन् । इजरायल जान योग्यता पुगेकाले आउँदो चैत ९ गतेभीत्र वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर काठमाडौंमा आफैं उपस्थित भएर निवेदन दिन सक्ने विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो । आवेदन फारम विभागको वेवसाइट www.dofe.gov.np बाट डाउनलोड गर्न सकिन्छ । छनौट प्रक्रियामा लाग्ने स्वास्थ्य परीक्षण, बीमा, कल्याणकारी कोष, हवाइ टिकट लगायतका खर्च कामदारले व्यहोर्नु पर्नेछ । बाँकी खर्च सम्बन्धित निकायले तिर्ने भएकाले नेपालका म्यानपावर कम्पनी वा एजेन्टसँग कारोबार नगर्न विभागले आग्रह गरेको छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको