आज ५३५ जना नयाँ संक्रमित थपिए, कूल संक्रमितको संख्या ९५६१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ । कोरोना भाइरससम्बन्धी दैनिक अपडेटमा प्रवक्ता जागेश्वर गौतमले नयाँ संक्रमितहरुमध्ये ४६१ जना पुरुष र ७४ जना महिला रहेका छन् ।

नयाँ संक्रमितहरुको संख्यासमेत गरी कूल संक्रमितहरुको संख्या नौ हजार पाँच सय ६१ पुगेको छ ।

नेपालमा वाग्मती प्रदेशको रसुवाबाहेक बाँकी ७६ जिल्लामा नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किनेहरुको कूल संख्या २१४२ पुगेको छ ।

 

photo

NOC1-250x300