आजको राशिफल : असोज १७ गते / अक्टोबर ३ तारिख मंगलबार

आज श्री शाके १९३९ बि.स. २०७४ साल आश्विन १७ गते मंगलबार इश्वी सन २०१७ अक्टोबर ३ तारीख आश्विन शुक्ल दुर्गा पक्ष त्रयोदशी तिथी चन्दमा कुम्भ राशिमा सूर्य दक्षीणायन शरद ऋतु, प्रदोषव्रत,अर्घाखाँची सरायपर्व 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आम्दानि क्षेत्र उत्तम रहनेछ । मानसिक चन्चलताका कारण कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । निकटतम ब्यत्तिहरु प्रतिद्वन्धी साबित हुन सक्नेछन । रचनात्मक कार्यका क्षेत्रबाट अघि बढ्दा भाबि दिनहरु सफलताका साथ ब्यतित हुनेछन ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मान्यजनहरुको सरसहयोगले कार्य सहज बन्नेछ । कामको क्षेत्रमा जोस जागरको बृद्धि हुनेछ । सामाजिक कार्यमा बिशेष फाईदा हुनेछ । बौधिक ब्यक्तित्व हरु सगँको भेटघाट फाईदा मुलक रहनेछ । सामान्य काममा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ कार्यको थालनिले तपाईको भाग्योदय हुन सक्ने सम्भाबना रहेको छ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित हुनेछ । दाजूभाई बिच मनमुटाब रहन सक्छ । पुराना मित्रहरु सगँको भेटले मनमा उत्साहा जाग्नेछ । अरुको निम्ति सामान्य खर्च गर्नु पर्ला । पराक्रममा बृद्यि हुनाले कार्य सम्पादनमा सहज हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य चोट पटकको सामना गर्नु पर्ला । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्ने सम्भाबना रहेको छ । बाणी तथा खानपानको क्षेत्रमा बिशेष साबधान रहनु होला । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य बादबिवादको सामना गर्नु पर्ला । ब्यापार ब्यवसायमा सामान्य घाटा आईपर्न सक्छ । पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । शारिरीक आलस्ताले सताउन सक्छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ । पती पत्नि बिच मन मुटाब हुन सक्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामाजिक तथा परोपकार जन्य कार्यमा जुट्ने उत्तम समय रहेता पनि खुट्टा तान्ने ब्यक्तिहरु बाट भने बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति अधिक समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । दिन मध्यम रहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

साहित्य सगींत तर्फ मन रम्नाले मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

शुभ खबरको श्रवणले मन प्रशन्न रहला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन तथा मान सम्मान प्राप्तीको योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तपाईका रोकिएका कार्यहरु पूृनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । शारीरिक तथा मानसिक तनाबहरु कम भएको महसुस हुनेछ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

संगीत क्षेत्रमा रुचि जाग्ने छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मनमा सामान्य चिन्ताले सताउन सक्छ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

धनमालमा क्षति पुग्न सक्छ । नयाँ कामको थालनि नगरेकै बेश होला । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

 

photo

NOC1-250x300