७ वैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सकेसम्म सहमतिमा ल्याउने नआएमा वैशाख ३१ गते नै स्थानीय तह निर्वाचन गर्ने विषयमा प्रमुख दलहरुबीच सहमति जुटेको छ । आज प्रकाशित सबैजसो दैनिक पत्रपत्रिकाहरुले यही विषयलाई आफ्नो मुख्य खबर बनाएका छन् । देशभर १८ हजार मतदान केन्द्र तोकिएको खबर पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
आजको गोरखापत्र दैनिकले ‘मोर्चा सहमत भए दुई चरणमा निर्वाचन’ शीर्षक दिएर मुख्य खबर लेखेको छ । १८ हजार मतदान केन्द्र स्थापना भएकादेखि राष्ट्रपतिको भारत भ्रमण फलदायी बनेकोसम्मका खबर गोरखापत्रको पहिलो पृष्ठमा छ ।
नयाँ पत्रिका दैनिकले पाँच दलबीच बुधबार बालुवाटारमा भएको छलफलको निष्कर्षलाई आफ्नो मुख्य खबर बनाउँदै लेखेको छ – मधेसी मोर्चा सहमतिमा नआए पनि ३१ वैशाखमै स्थानीय तह निर्वाचन गर्न प्रमुख पाँच दल सहमत भएका छन् । कोसी यातायातमा साढे ५६ करोडको अनियमितता भएको खबर पनि नयाँ पत्रिकाले लेखेको छ ।
‘प्रधानमन्त्रीको प्रस्तावः दुई चरणमै निर्वाचन गर्ने कि ?’ शीर्षक दिएर पाँच दल बैठकबारेको खबर पस्केको कान्तिपुरले स्थानीय तह निर्वाचनको मतपत्रबारे जानकारीमूलक सामग्री छापेको छ ।
राजधानी दैनिकले संसद्का ऐतिहासिक दस्तावेज बेवास्ताको सिकार बन्दा लोप हुने अवस्थामा पुगेको सामग्री छापेको छ ।
लाउडामा राय बाझिएकोदेखि मोर्चा नआए पनि वैशाख ३१ मै निर्वाचन हुनेसम्मका खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास