१५ वैशाख, काठमाडौं । बुधबार आन्दोलनमा जाने घोषणा गरेका मधेसी दल बिहीबार प्रधानमन्त्रीलाई भेटेपछि निर्वाचनमा जान सहमत भएका छन् । संशोधनको पक्षमा दुई तिहाइ पुग्ने संकेत देखिएपछि मोर्चा लचिलो बनेको हो । आज प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले संशोधनको विषयलाई मुख्य खबर बनाएर छापेका छन् । संवैधानिक इजलास गठन भएकादेखि सेना परिचालन गर्ने बाटो खुलेकोसम्मका खबर आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेर स्थानीय तहको संख्या टुंगो लगाउने धारणा राजपा नेतासँग राखेको विषयलाई गोरखापत्र दैनिकले महत्त्व दिएर छापेको छ । चुनावप्रति सामूहिक प्रतिवद्धता जरुरी भएको प्रमुख निर्वाचन आयुक्तको भनाइ लेखेको गोरखापत्रले सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृत दिएको खबरलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।
संशोधनको पक्षमा दुई तिहाइ पुग्ने संकेतले मोर्चा लचिलो बनेको नयाँ पत्रिका दैनिकले लेखेको छ । नयाँ पत्रिकाले बालुवाटारमा भएका बैठकका गतिविधि पनि छापेको छ ।
नागरिक दैनिकले ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय रहेको खबर लेखेको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले संवैधानिक इजलास गठन भएको लेखेको छ भने कान्तिपुर दैनिकले दुई तिहाइ पुग्न मुस्किल रहेको जनाएको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको