आइपुग्यो १० लाख डोज कोरोना खोप

काठमाडौँ फागुन ९: नेपाल सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप आज नेपाल आइपुगेको छ ।

आज दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप नेपाल आइपुगेको हो । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय पहिलेनै गरिसकेको थियो । नेपाल सरकारले खोप झिकाउनका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।

 

photo

NOC1-250x300