असोज २ को निर्वाचनमा राजपा पनि सहभागि हुने

काठमाडौं–नेपाली कांगेसका नेता रमेश लेखकले राजपाले तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् । rajapa_IvtfnYbBTK

राजपाले निर्वाचन चिन्ह, दल दर्ता लगायत निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढाईरहेको र सरकारले पनि संविधान संसोधनको प्रयत्न जारी राखेकाले राजपा निर्वाचनमा सहभागी हुनेमा आफु विश्वस्त रहेको नेता लेखकले बताए । 
शनिबार रिपोर्टसल क्लबको साक्षात्कारमा नेता लेखकले यस्तो बताईरहदा सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता अनिल झाले भने यथास्थितिमा आफुहरु निर्वाचनमा सहभागी नहुने भन्दै द्धविधामा नपर्न आग्रह गरे । 

कार्यक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संविधान संसोधन हुन नसक्ने बताए ।  वर्तमान आवश्यकता तीनै तहको निर्वाचन सम्पन्न गर्ने भएको भन्दै उनले आवश्यकता र प्राथमिकताको आधारमा एमाले अघि बढ्ने बताए । 
 त्यसैगरी नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारले संविधान संसोधनको प्रयास सरकारले जारी राखेकाले संविधान कार्यान्वयनका लागि निर्वाचनमा पनि सहभागी हुदै अघि बढ्नुपर्ने बताए  ।

स्थानीय तह निर्वाचनको तेश्रो चरणमा प्रदेश नम्बर २ मा असोज २ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्