काठमाडौँ, साउन २४ । ११ वर्षीय निशान हत्या प्रकरणमा भएको अपहरणकारीको इन्काउन्टरबारे महानगरी अपराध अनुसन्धान महाशाखाले इन्काउन्टर फेक नभएको ब्रिफिङ गरेको छ ।
महानगरी अपराध महाशाखाका टोलीले गृहमन्त्रालय पुगरे गृहमन्त्री रामबहादुर थापा बादललाई इन्काउन्टर फेक नभएको बताएको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले गृहमन्त्री थापालाई बिहिबार भक्तपुर इन्काउन्टर प्रकरण सत्य भएको ब्रिफिङ गराएको हो ।
स्रोतका अनुसार सिंहले गृहमन्त्रीलाई इन्काउन्टर प्रकरण बाहिर प्रचार गरिएको जस्तो फेक घटना नभएको बताएका छन् ।
इन्काउन्टरमा मारिएका दुई व्यक्तिका परिवारले फेक इन्काउन्टर भएको भन्दै घटनाको छानविनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरी दिएका छन् भने इन्काउन्टर घटनाबारे सरकारले छानबिन समेत गर्ने भएको छ ।
आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो । अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता