banner-2

प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीच मंगलबार वार्ता हुँदै

बैशाख १०, काठमाडौं : हिन्दू राष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग राख्दै सडक संघर्षमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीच मंगलबार वार्ता हुँदैछ । आइतबार कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाउँदै आज वार्ताका लागि बोलाएका हुन् । वार्ता आज दिउँसो १ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा हुने […]

यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू

बैशाख ९, काठमाडौं : पार्टी एकताको प्रक्रियाको लामो समयपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले ७७ जिल्लामा कार्य समितिको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले जिल्ला नेतृत्व टुंगो लगाएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी नेतृत्व टुंगो लगाइएको छ । नेकपा सचिवालयले […]

पोखरामा बम भेटियो, डिस्पोजको भिडियो लाइभ गर्ने पत्रकारमाथि सेनाको दुर्व्यवहार

पोखरा बैशाख ७ : पोखराको व्यस्त बजार चिप्लेढुंगामा शंकास्पदवस्तु भेटिएको छ। शनिबार बिहान पोखरा–९ मानवअधिकार चोकबाट ५० मिटर दक्षिणपपट्टिको सडकमा बम भटिएको हो। कागजको गोलो प्याकेटमा टेपले बेरेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शनिबार बिहान ७ बजे भेटिएको बमलाई सेनाको डिस्पोज टोलीले साढे ८ बजे निष्कृय पारेको हो। यसअघि विहीबार विप्लव […]

बालुवाटार जग्गा प्रकरणः विष्णु पौडेलको दोस्रो वक्तव्यमा के छ ?

काठमाडौं, ६ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा प्रकरणबारे दोस्रो विज्ञप्ति दिएका छन् । उनले बालुवाटारमा रहेको आफ्नो आठ आना जग्गा सरकारीकरण गर्ने मन्त्रिपरिषदको निर्णयलाई स्वागत गर्दै दोस्रो विज्ञप्ति निकालेका हुन् । उनीमाथि सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न सहयोग गरेर खरिद गरेको आरोप लागिरहेको छ । नेकपाका कतिपय […]

वाइडबडी भ्रष्टाचारकाे छानबिन गर्न अख्तियारले बाेलायाे अन्तर्राष्ट्रिय कम्पनी

बैशाख ६, काठमाडौं : नेपाल वायुसेवा निगमका दुईवटा ठला जहाज (वाइडबडी) बिक्रीमा संलग्न पाँच वटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ । दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम , पोर्चुगलको हाईफ्लाई एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि ७ दिनभित्र […]

सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम अनुमोदन

 काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम सर्वसम्मत रुपमा अनुमोदित भएको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन गरेको हो । बिहीबार उजुरीकर्ता र न्यायाधीशहरु सँग समितिले छलफल गरेको थियो । उनीहरुविरुद्ध ५ वटा उजुरी परेको थियो । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि अब उनीहरुको […]

नेपालको ओमानमाथि फराकिलो जित

बैशाख ३, काठमाडौं । मलेसियामा जारी यू–१९ विश्वकप छनोट अन्तर्गतको चौंथो खेलमा नेपालले फराकिलो जित हात पारेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको ओमानलाई नेपालले १५० रनले पराजित गर्दै फराकिलो जित हात पारेको हो । क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा मंगलबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो […]

प्रधानमन्त्री ओलीद्वारा भोलि राष्ट्रका नाममा सम्बोधन, आज बालुवाटारमा रात्रिभोज

काठमाडौँ चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ बर्ष २०७६ को उपलक्ष्यमा प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ। नयाँ बर्षकै उपलक्ष्यमा आज प्रम ओलीले सरकारी निवास बालुवाटारमा रात्रिभोजको आयोजना पनि गरेका छन्। स्रोतका भनाईमा, सो रात्रिभोजमा नेकपा स्थायी समितिका […]

छिट्टै नआउने भो एसइईको परीक्षाफल !

  चैत्र २८, काठमाडौं / यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन । २६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल […]

नेपालमा ‘टोर्नाडो’ आएको पुष्टि, जहाँ छोयो त्यहाँ ध्वस्त

  काठमाडौं । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ भएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो ।  श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको पूर्व महानिर्देशक पनि हुनुहुन्छ […]

 

photo

NOC1-250x300