अन्तर्राष्ट्रिय

२४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित

२०७७ जेठ १८, नयाँदिल्ली। भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ। अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन्। योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ८२ हजार १४३ पुगेको अधिकारीहरुले जनाएका छन्। अघिल्ला दिनहरुमा […]

रेमिट्यान्स घट्यो, बेरोजगारीसँगै गरिबी बढ्ने प्रक्षेपण

   जेठ १४, काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आयले गरिबी र बेरोजगारी न्यूनीकरण हुँदै गए पनि विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड १९ को प्रभावले विप्रेषणमा असर पर्ने देखिएको छ । सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार सार्वजनिक गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनमा यस्तो देखाएइको छ । सार्वजनिक प्रतिवेदनले चालू आर्थिक वर्षका पछिल्ला महिनाहरूमा […]

अमेरिकामा कोरोनाले ९७ हजार ४८ को मृत्यु

जेठ ११ , काठमाडौं : अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९७ हजार नाघेको छ । अमेरिकामा हालसम्म ९७ हजार ४८ को कोरोना संक्रमणले ज्यान गएको छ ।  बीबीसीका अनुसार अमेरिकामा हालसम्म १६ लाख २१ हजार ६५८ को कोरोनाका कारण प्रभावित छन् ।

भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार, मृत्यु हुने संख्या ३ हजार ४३५ जना  

जेठ ८ ,नयाँ दिल्ली। गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ४३५ जना पुगेको छ। यसको […]

अमेरिकामा ३.६ करोड मानिस बेरोजगार

जेठ २,काठमाडौं : अमेरिकामा कोरोना भाइरसका कारण ३.६ कोरोड मानिस बेरोजगार भएका छन् । कोरोना संक्रमणका कारण व्यापार व्यवसाय तथा उद्योग कलकारखाना बन्द हुँदा ३.६ करोड मानिसले रोजगारी गुमाउनु परेको हो ।  अघिल्लो हप्ता अमेरिकामा रोजगारी गुमाउनेको संख्या ३.३ करोड थियो । बेरोजगारी भत्ता माग गर्नेको संख्यामा कमी आए पनि बेरोजगारीको दर भने निरन्तर बढीरहेको […]

अमेरिकाको आरोप, “चीनले कोरोना अनुसन्धानको डाटा चोर्ने प्रयास गर्दैछ”

जेठ १,काठमाडौं : अमेरिकाले आफूले कोरोना भाइरसको खोप सम्बन्धी गरिरहेको अनुसन्धानको डाटा चीनले चोर्ने प्रयास गरिरहेको बताएको छ । अमेरिकी सुरक्षा एजेन्सी होमल्याण्ड सुरक्षा विभाग र एफबीआईले बुधबार एक विज्ञप्ति जारी गर्दै चीनले अमेरिकामा कोरोना भाइरस खोप सम्बन्धी भइरहेको अनुसन्धानको डाटा चोरी गर्न खोजिरहेको बताएका हुन् ।  विज्ञप्तिमा भनिएको छ– चीनले कोरोना सम्बन्धी अमेरिकी अनुसन्धान […]

कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हो; मसँग प्रमाण छ : ट्रम्प

  २०७७ बैशाख १९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरस (कोभिड १९) संक्रमण चीनको वुहानस्थित प्रयोगशालाबाट फैलिएको दाबी गरेका छन् । बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनलाई त्यहाँ उपस्थित एक प्रत्रकारले प्रश्न सोधेका थिए, ‘कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति […]

कोरोनाबाट अमेरिकामा १० नेपालीको निधन

  काठमाडाैं,बैशाख ७, अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको […]

अमेरिकामा हिजो २५३५ जनको मृत्यु, संक्रमितको संख्या ७ लाख ९ हजार पुग्यो !

बैशाख ६, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को केन्द्रबिन्दू बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३५ जनाको ज्यान गएको छ।यो सँगै अमेरिकामा कोरोना संक्रमणका काराण ज्यान गुमाउनेको संख्या ३७ हजार १ सय ५४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ३२ हजार १ सय ६५ जना नयाँ संक्रमित फेला परेका […]

अमेरिकी राष्ट्रपति ट्रम्पले रोके विश्व स्वास्थ्य संठनलाई दिएको सहयोग

  बैशाख ३, वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड जे ट्रम्पले अन्तत: विश्व स्वास्थ्य संगठन डब्ल्यू एच ओ लाई अमेरिकाले दिदै आएको सम्पूर्ण रकम रोकेका छन् । विश्व स्वास्थ्य संगठनसंग असन्तुष्टि पोख्दै आएका राष्ट्रपति ट्रम्पले कोरोना फैलिसङै केही दिनअघि अमेरिकाले दिदै आएको सहयोग रोक्ने चेतावनी दिलका थिए । यो चेतावनीपछि पनि विश्व स्वास्थ्य संगठनका प्रमुखले […]

 

photo

NOC1-250x300