July 25, 2019

७७ वर्षकाे उमेरमा सम्बन्धविच्छेद !

धनकुटा / श्रीमान् र श्रीमतीबीचको सम्बन्ध बिग्रिएको लामो समयपछि धनकुटाको एक राई दम्पतीले सम्बन्धविच्छेद गरेका छन् । जिल्ला अदालत धनकुटामा श्रीमतीले सम्बन्धविच्छेदको निवेदन आइतबार दिएपछि शहीदभूमि गाउँपालिका–३ का ७७ वर्षीय बर्मध्वज राई र उनकी श्रीमती ६० वर्षीया बर्मेश्वरी राईको सोमबार सम्बन्धविच्छेद भएको हो । उनीहरूको विहे २०३४ सालमा भएको थियो । विवाह भएको ४२ वर्षपछि राई दम्पतीले सम्बन्धविच्छेद गरेका हुन् ।

बर्मेश्वरीले दुई छोरीको लालन–पालनमा श्रीमान् बर्मध्वोजले सहयोग नगरेकोले विगत ३० वर्षदेखि आफू छुट्टै बस्दै आएको अदालतमा बयान दिएकी थिइन् । राई दम्पतीका विवाह भएर ज्वाइँको घर गई सकेका ४२ र ३८ वर्षीया दुई छोरी पनि सोमबार अदालतमा उपस्थित थिए । जिल्ला अदालत धनकुटाले श्रीमती बर्मेश्वरीको निवेदनको आधारमा राई दम्पतीलाई सम्बन्धविच्छेदको फैसला सुनाएको थियो ।

राई दम्पती मात्र होइन, एक महिनाअघि मात्र ५९ वर्षीय पुरुष र ४९ वर्षीया महिलाको पनि सम्बन्धविच्छेद भएको जिल्ला अदालत धनकुटाले जनाएको छ । दुई वर्षअघि ५ थान सम्बन्धविच्छेदका मुद्दामात्र दर्ता भएको जिल्ला अदालत धनकुटामा अहिले सम्बन्धविच्छेदको मुद्दा नै बढी हुने गरेको छ । अघिल्लो वर्ष ३४ थान मुद्दा दर्ता भएको जिल्ला अदालत धनकुटामा आ.व.०७५/०७६ मा २ सय ६५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको न्यायाधीश विनोदकुमार पोख्रेलले बताए ।

विगत वर्षहरूको तुलनामा आ.व.०७५/०७६ मा आठ गुणाले सम्बन्धविच्छेदका मुद्दा बढ्नुले समाज कता जाँदैछ भन्ने चिन्ता बढेको न्यायाधीश पोख्रेलले बताए । गत भदौ महिनादेखि नयाँ मुलुकी ऐन आएसँगै जिल्ला अदालत धनकुटामा पुरुषवादी भएका सम्बन्धविच्छेदका ११ मुद्दा दर्ता भएको न्यायाधीश विनोद पोख्रेलले बताए । सम्बन्धविच्छेद गर्नेहरू सामान्यतया २० वर्षदेखि ४४ वर्षका आउने भए पनि यो वर्ष भने पहिलो पटक ७७ वर्ष उमेरसम्मको देखिएको हो ।

समाचार स्रोतका अनुसार ७७ वर्षीय श्रीमान् बर्मध्वोजले आफ्नी जेठी श्रीमती बर्मेश्वरीलाई थाहा नै नदिई कान्छी श्रीमती ल्याएपछि उमेरले ६० पुगेकी राईले पनि भित्रीरूपमै कान्छो श्रीमान्को व्यवस्था गरेर सम्बन्धविच्छेद गरेको खुलेको छ । अब दुवैको लागि विहे गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न