March 16, 2018

स्थानीय तहमा ५९ अर्ब आज जाने

संघीय सरकारको तर्फबाट स्थानीय तहलाई दिनुपर्ने अनुदानको अन्तिम किस्ता आज हस्तान्तरण हुने भएको छ। चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुसार स्थानीय तहले आज अनुदानको तेस्रो  किस्ता पाउने भएका हुन्।७५३ तहलाई संघीय सरकारले वित्तीय समानीकरण, शसर्तगरी २ प्रकारका अनुदानबापत २ खर्ब २५ रुपैयाँ दिने  चालु वर्षकाे बजेटले व्यवस्था गरेको थियो।

ministryoffinance

तोकिएका शर्तसहितका क्षेत्रमा खर्च गर्नुपर्ने शर्तमा स्थानीय तहले पाउने अनुदानमा गाउँले १० देखि ३९ करोड, नगरले १५ देखि ४३ करोड, उपमहानगरले ४० देखि ६३ करोड र महानगरपालिकाले ५६ देखि १२४ करोड रुपैयाँसम्म अनुदान पाउछन्।त्यस्तै सामानीकरण अनुदानमा भने गाउँले १ करोड २० लाखदेखि१७ करोड २२ लाख, नगरले ३ करोड देखि ३१ करोड २७ लाखसम्म, उपमहानगरले ३१ करोडसम्म र महानगरपालिकाले ७८ करोड रुपैयाँसम्म अनुदान पाउछन्।

प्रत्येक चौमासिकको पहिलो महिनाको १ गते विभिन्न तहलाई हस्तारण हुने अनुदानको अन्तिम तथा तेस्रो किस्ता चैत १ गते नै दिनुपर्ने भएपनि अर्थ मन्त्रालयले बजेटमा भएका आयोजनामा हेरफेर गरेको कारण आजमात्र पुरै रकम हस्तान्तरण हुने महालेखा नियन्त्रण कार्यालयका उपमहालेखा नियन्त्रक यदु भट्टराईले जानकारी दिए।

बिहीबार १६ अर्ब रुपैयाँमात्र हस्तान्तरण भएको र बाँकी ५९ अर्ब रुपैयाँ आज हस्तान्तरण हुने उनले जानकारी दिए।

१ खर्ब ५० अर्ब रुपैयाँ यसअघि नै स्थानीय तहहरुमा गइसकेको छ।

संघीय सरकारले स्थानीय तहलाई आज ५९ अर्ब रुपैयाँ हस्तान्तरण गर्दा राजश्व, आन्तरिक ऋण, विदेशी ऋण र अनुदान गरी हालसम्मको आयमा ऋणात्मक हुने देखिएको छ।

सबै जोड्दा ऋणात्मक हुने अवस्था आएपनि बजेटमा भएका कार्यक्रममा खर्च गर्न भने कुनै बाधा पर्ने छैन। राष्ट्र बैंकमा सरकारको नाममा पर्याप्त नगद रहेकोले खर्चमा कुनै समस्या नहुने भट्टराईले जानकारी दिए।

बिहीबार १६ अर्ब रुपैयाँ जाँदामात्र सरकारी आय र खर्च २५ अर्बलेमात्र बचतमा देखिन्छ। ऋण र अनुदान जोड्दा यो बचत हुने तर ५९ अर्ब जाँदा घटामा जाने निश्चित भएको छ।

स्थानीय तहमा थुप्रियो बजेट

चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरेअनुसार यसअघि गएको १५० अर्बमा ३३ प्रतिशतमात्र खर्च भएको र त्यसमा अर्को किस्ता पनि जाँदा स्थानीय तहको खातामा बजेट थुप्रिने भएको हो। यसहिसाबले यसअघि नै १ खर्ब रुपैयाँ स्थानीय तहको खातामा रकम खर्च नभएर रहेको छ।

बाँकी ७५ अर्ब पुरै जाँदा त्यो आँकडा बढ्ने छ। एकातिर संघीय सरकार खर्चको स्रोत नपाएर हैरान भएको बेला स्थानीय तह भने पैसा खर्च गर्न नसकेर बसेका छन्।

संघीय सरकारले पठाएको बजेट कति खर्च भयो भन्ने एकिन तथ्यांक नै पाउन सकेको छैन।

संघीय सरकारबाट गएको कुनै पनि रकम फ्रिज वा फिर्ता नहुने भएकोले उक्त बजेट खर्च नभएपनि त्यही रहने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने