सिरियामा हवाई कारबाहीमा १२० आइएस लडाकू र साठी सैनिक मारिए

मस्को, २१ असोज : सिरियामा रुस आवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन् ।

hawai

रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ । मायाडिन क्षेत्रमा इस्लामिक स्टेट्समा एक कमाण्डरसहित ८० जना लडाकूहरु मारिएका छन् ।

त्यसैगरी थप ४० जना आइएस लडाकू अबु अमाल क्षेत्र वरिपरी मारिएको सरकारी अधिकारहिरुले जनाएका छन् ।सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृह युद्धमा परिणत भएपछि ठूलो हिंसा जारी छ ।

यो हिंसामा त्यस समयदेखि अहिलेसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको बताइएको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखाैँले आफ्नै देशमा र छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण