May 21, 2018

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत(पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

सरकारले आगामी वर्ष दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर हात पार्ने लक्ष्य लिएको छ।

संसदमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत् सरकारले २०७५/०७६ मा १० प्रतिशत नजिकको वृद्धिदर हात पार्ने लक्ष्य लिएको छ।

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दोब्बर बनाउने घोषणा गरेको छ। संसदमा राष्ट्रपतिले वाचन गरेकी आगामी वर्षको नीति तथा कार्यक्रममार्फत् अबको पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दोब्बर बनाउने र सबैमा समान वितरणको नीति अख्तियार गर्ने उल्लेख गरिएको छ।

अहिले नेपालीकाे प्रतिव्यक्ति अाय १००४ अमेरिकी डलर रहेकाे छ।

सरकारले आगामी पाँच वर्षभित्र नेपालका सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने नीति लिएको छ। नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहका केन्द्रमा कालोपत्रे सडक पुग्ने बताएको छ।

सरकारले आगामी वर्ष सबै नेपालीको बैंक खाता खोल्ने भएको छ। सम्पूर्ण प्रकारको सरकारी भुक्तानी बैंक तथा सहकारीबाट गर्ने र त्यसका लागि सबै नेपालीको बैंक खाता हुने अभियान चलाइने राष्ट्रपतिले बताइन्।

सरकारले ५ वर्षभित्र कृषिको उत्पादन दोब्बर बनाउने योजना घोषणा गरेको छ।

सरकारले कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेती योग्य जमिनको समूचित प्रयोगको नीति लिएको छ।

मत्स्य उत्पादनमा आत्मनिर्भर, निर्यात योग्य उच्च मूल्यका कृषि वस्तुको उत्पादनलाई प्राथमिकतामा सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पहाड र तराईमा सिँचाई व्यवस्थाले जोड्ने तथा बाली लगाउनुपूर्व धान, गहुँ र उखुको न्यूनतम सर्मथन मूल्य तोकिने सरकारले योजना बनाएको छ।

त्यस्तै, यसबाहेक सरकारले गाउँपालिका र नगरपालिकामार्फत् कृषि औजार मल तथा औषधि वितरण गरिने तथा सबै किसानलाई वैज्ञानिक कृषिमा प्रेरित गर्न कृषि ज्ञान केन्द्र स्थापना गरिने सरकारले नीति लिएको छ।

सरकारले आगामी वर्षदेखि असंगठित क्षेत्रमा काम गर्नेलाई पनि सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउने भएको छ। संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा एकीकृत सामाजिक सुरक्षा कार्यक्रमबाट सबैलाई समेट्ने लक्ष्य लिएको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा लागू गरेर सबै क्षेत्रमा काम गर्नेहरूलाई दायरामा ल्याइने सरकारको लक्ष्य छ।

सरकारले ५ वर्षभित्र ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने नीति लिएको छ।

सरकारले ५ वर्षभित्र ५ हजार मेगावाटसँगै १० वर्षमा १५ हजार मेगावाटसँगै विद्युत उत्पादन गर्ने गरी नीति लिइएको बताएको छ।

सरकारले ३ वर्षभित्र धरहरा, रानिपोखरी, काष्ठमण्डप पुनर्निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यक्रम सार्वजनिक गरेकी हुन्।

सरकारले १ वर्षभित्र निजी आवास र ३ वर्षभित्र धरहरा, रानिपोखरी, काष्ठमण्डप पुनर्निर्माण सम्पन्न गर्ने जनाएको हो।

व्यवसायिक सिप विकास गरी सरकारले ५ वर्षभित्र सबै नेपालीलाई स्वदेशमा रोजगार प्रदान गर्ने नीति लिएकाे छ।

यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरिएको छ। यस कार्यक्रममार्फत् वैदेशिक रोजगारीको अन्त्य गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पूर्ण पाठसहित :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको