सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी

वैशाख ८,एजेन्सी : कप्तान श्रेयर ऐर र शिखर धवनको अर्ध शतक तथा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ ।

LRM_EXPORT_9610904551489_20190420_221007638

शनिवार राती सम्पन्न आईपीएलको ३७ औं खेलमा किंग्सइलाभेन पन्जावलाई ५ विकेटले पराजित गर्दै दिल्लीले प्ले अफ बलियो बनाएको छ ।

१ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा कप्तान श्रेयस ऐरले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे ।

शिखर धवनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए । धवनले कप्तान श्रेयस ऐरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै सहज जित तर्फ लम्काएका थिए । चौथो ओभरको पहिलो बलमा धवनसँग रनको तालेमल नमिल्दा पथ्वी शा १३ रनमा रन आउट भए । कोलिन इनग्राम १९,ऋषभ पन्त ६ र अक्षर पटेल १ रनमा आउट भए । पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए ।

चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका दोस्रो स्थानमा छ । त्यस्तै दिल्ली १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा यथावत रहेको छ ।

सन्दीपको चार ओभर

दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपलाई पहिलो बलमा केएल राहुलले छक्का प्रहार गरे । दोस्रो बल डट गराए । तेस्रो बलमा राहुलले चौका प्रहार गर्दा चौथो बलमा भने विकेटकीर ऋषभ पन्तबाट राहुललाई १२ रनमा स्टम्पिङ्ग आउट गराए । सन्दीपले पाँचौ बलमा मयंक अग्रवाललाई डट गराउँदा छैटौं बलमा १ रन दिए ।

चौथो ओभरमा सन्दीप महँगो सावित भए । यस ओभरमा क्रिस गेलले ४ चौका प्रहार गरे । पहिलो बलमै गेलले चौका प्रहार गरे । दोस्रो बल डट गराए । तेस्रो बलमा पुन चौका प्रहार गरे ।चौथो बल डट गराउँदा पाँचौ र छैटौं बलमा गेलले चौका प्रहार गरेका थिए ।

१३ औं ओभरमा सन्दीपले दुई ठूला सफलता हात पारे । पहिलो बलमै क्रिस गेलले छक्का प्रहार पनि दोस्रो बलमा सन्दीपले बाउन्ड्री लाईन नजिकैबाट अक्षर पटेलबाट उत्कृष्ट क्याच गराउँदै उनको आक्रमक इनिङ्स समाप्त पारेका थिए । गेल आउट भएसँगै पन्जावले सुस्त गतिमा रन जोडेको थियो ।अन्य तीन बल लगातार डट राख्दा अन्तिम बलमा साम करनलाई आफैं क्याच लिदै शुन्यमा आउट गरे ।

१५ औं ओभरको पहिलो बलमा मन्दीपलाई १ रन दिए । दोस्रो बलमा आश्विनले चौका प्रहार गर्दा तेस्रोमा डट,चौथो १,पाँचौमा डट र अन्तिम बलमा मन्दीप सिंहलाई १ रन दिदै आफ्नो कोटा सकाए थिए । अन्तिम बलमा मन्दीप सिंहको विकेट रवडाले छोड्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति