श्रीलंका विष्फोटः सरकारी ‘लापरवाही’ मा राजनीतिक विवाद, अहिलेसम्म ३१० को मृत्यु

बैशाख १०,बीबीसी : श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका आठ वटा श्रृंखलावद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या तीन सय १० पुगेको छ । प्रहरीले विष्फोटमा परी पाँच सय मानिसहरु घाइते भएका जनाएको छ । 

श्रीलंकाका सरकारी अधिकारीहरुले अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा बम विष्फोट गराइएको दाबी गरिरहेका छन् । सरकारले विष्फोटमा नेशनल तौहीद जमात नामक स्थानीय चरमपन्थी समूहको हात रहेको बताइरहेको छ । तर अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी भने लिएको छैन । श्रीलंकामा सोमबार रातिबाट संकटकाल लगाइएको छ ।

बढ्यो विवाद
यसैबीच आक्रमणको बारेमा घटना अगावै सूचना प्राप्त भए पनि सरकारले सुरक्षाको प्रवन्ध मिलाउन नसकेको भन्दै श्रीलंकामा हंगामा मच्चिएको छ । राष्ट्रपति मैत्रीपाला सिरीसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसीसँगको कुराकानीमा सरकारका तर्फबाट भएको भनिएको लापरबाहीको अनुसन्धान गरिने बताएका छन् । 

यसअघि श्रीलंकाका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले कोलम्बोमा पत्रकारहरुसँगको कुराकानीका क्रममा अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सीहरुले आक्रमण हुनेसक्ने सूचना दिएको पुष्टि गर्दै उक्त सूचना प्रधानमन्त्री रनिल विक्रमसिंघेसम्म पुग्न नसकेको बताएका थिए । 

श्रीलंका प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको पुष्टि गरेको छ । प्रहरीले आक्रमणमा कसको हात छ भन्ने बारेमा भने केही पत्ता लगाउन सकेको छैन । 

पक्राउ परेका सबै श्रीलंकाकै नागरिक भएको बताइएको छ । उनीहरु माथि कुनै अन्तर्राष्ट्रिय संगठनसँग सम्पर्क रहे–नरहेको बारेमा अनुसनधान भइरहेको बीबीसीले उल्लेख गरेको छ । 

श्रीलंकाका प्रधानमन्त्रीले सम्भावित आक्रमणका बारेमा प्रहरी घटना अगावै जानकार रहेको पाइएको बताउँदै मन्त्रिपरिषद्मा भने यस बारेमा कुनै जानकारी पुग्न नसकेको प्रष्ट पारेका छन् । श्रीलंकाका रक्षामन्त्री आर विजयवर्धनले भनेका छन्, ‘‘यो आत्मघाती आक्रमण हो । गुप्तचर एजेन्सीहरुले आक्रमणका बारेमा सूचित गरेका पनि थिए । तर सुरक्षा प्रवन्ध मिलाउनु अगावै आक्रमण भयो । आक्रमणको षड्यन्त्र विदेशमा रचिएको थियो ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण