विशेष सुरक्षाबलमाथि आक्रमण, १८ जनाको मृत्यु

माघ ७ , अफगानिस्तान  : अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा भएको एक आतङ्ककारी आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा उक्त आक्रमण भएको थियो । 

तालिबान लडाकू समूहले गरेको यस कारबम आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २७ घाइते भएका एक स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

सोमबार बिहान भएको यस विस्फोटमा परी मारिएका र घाइते प्रायः विशेष सुरक्षाबलका सदस्यहरु रहेका र घाइतेहरुको मैदान शारमा रहेको सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ । 

घाइते मध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिलाई भने राजधानी काबूलस्थित अस्पतालको आकस्मिक कक्षमा ल्याइएको प्रान्तीय स्वास्थ्य विभागका निर्देशक मोहमद सलिमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।  

स्थानीय समायानुसार सोमबार बिहान ७ः४० मा सो विस्फोट भएको थियो । शहरबाट करिब दुई किलोमिटर टाढा रहेको यस सैन्य चौकीमा अपहरण गरिएको सेनाको सवारी साधनमा नै विस्फोटक पदार्थ भरेर विस्फोटन गराइएको थियो । 

यस विस्फोटमा परी सो चौकीको प्रवेशद्धार र प्रमुख भवन ध्वस्त भएको एक सुरक्षा स्रोतले सिन्हवा समाचार समितिलाई जानकारी दिएको छ । 

आक्रमणको क्रममा चार जना तालिबान लडाकूको सहभागीता रहेको थियो । एक कारबम विस्फोटमा मारिएका र अन्य तीन बन्दुकधारी तालिबानी लडाकू सुरक्षाबलले गरेको जवाफि कारबाहीमा मारिएका छन् । यस आक्रमणको केही समयपछि नै तालिबान लडाकू समूहले जिम्मा लिएका छन् । 

तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिद सञ्चार माध्यमलाई यस आक्रमणमा आफूहरुको हात रहेको बताएका छन् । 
सन् २००१अन्य मा सत्ताबाट अपदस्थ भएका तालिबानले बारम्बार सरकारी सैनिक र सर्वसाधारणको हत्या गर्दै आएका छन् । 

गत आइतबार पनि लोगार प्रान्तमा भएको एक आक्रमणमा परी आठ अफगान सुरक्षा अधिकारी मारिनुको साथै अन्य कैयौ घाइते भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण