वामदेवजीको सुझावमा पीडाहरु छन्, ओली-प्रचण्डको प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छ : गजुरेल

 

काठमाडौं, ९ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छ । सरकारले मुलभुत रुपमा राम्रा काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।’ उनले बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझाव पेश गरेको जिकिर गरे । उनले भने, ‘वामदेवजीको सुझावमा पीडाहरु छन् । असन्तुष्टिहरु छन् । त्यो भनेको त भावनाको कुरा हो । त्यसलाई सम्बोधन गर्नुपर्छ ।’

साक्षात्कारमा उनले पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले खुलेर आफ्ना कुराहरु राखेको सुनाए । उनले भने, ‘कम्तिमा पनि २० मिनेटको पर्याप्त समय लिएर नेताहरुले आ–आफ्नो कुरा राख्यौं । हामीले आफ्ना कुराहरु खुलेर राखेका छौं । यसले हामी अब सम्भावना पहिल्याउन र चूनौतीहरु सामना गर्न सफल भएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ