ला लिगाका सबै खेल फेसबुकमा हेर्न पाइने

शुक्रबारदेखि सुरू हुने स्पेनिस फुटबल लिग ला लिगाका खेल नेपालबाट फेसबुकमा पनि लाइभ हेर्न मिल्न भएको छ। सामाजिक सञ्जाल फेसबुकले ला लिगाका यो सिजनका ३ सय ८० वटा खेलको प्रत्यक्ष प्रसारण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। यो सम्झौताअनुसार नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानमा प्रत्यक्ष प्रसारण हेर्न मिल्नेछ।

यो क्षेत्रमा फेसबुकका ३४ करोड ८० लाख प्रयोगकर्ता छन्। तीमध्ये २७ करोड भारतीय छन्।

खेल पहिला र पछि हुने विश्लेषण पनि यसमा समावेश गरिनेछ। फेसबुकले प्रत्यक्ष प्रसारणको अधिकार कतिमा किन्यो भन्नेबारे आधिकारिक रूपमा सार्वजनिक भएको छैन। तर फेसबुकले कम्तिमा ९ करोड युरो तिरेको बताइएको छ। यसअघि यो क्षेत्रमा ला लिगाको प्रत्यक्ष प्रसारण सोनी टेलिभिजनले गर्थ्यो। सोनीले सन् २०१४ देखि २०१८ सम्म खेल प्रत्यक्ष प्रसारणका लागि तीन करोड २० लाख युरो तिरेको थियो।

ला लिगा इंग्लिस प्रिमियर लिगपछिको लोकप्रिय फुटबल लिग हो। यसमा अर्जेन्टेनी स्टार लियोनल मेसीको बार्सिलोना र वेल्सका ग्यारेथ बेलको रियल मेड्रिडसहित स्पेनका २० क्लब सहभागी हुन्छन्। फेसबुकमा आउने भिडियोमा विज्ञापन बज्ने छैन। सम्झौताअनुसार फेसबुकले तीन वर्षसम्म ला लिगाका खेल प्रत्यक्ष प्रसारण गर्नेछ।

फेसबुकले खेलकुदको प्रत्यक्ष प्रसारणको अधिकार किनेको दोस्रो पटक हो। यसअघि अमेरिकाको बेसबल लिगको प्रतिखेल १० लाख डलर तिरेर फेसबुकले लाइभ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति