जेठ ४ , काठमाडौं : कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे बहस भइरहेको थियो ।
तर, शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना सङ्क्रमण कारण ज्यान गएपछि सरकार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारीमा जुटेको छ । सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि सोमबार सकिँदैछ ।
“लकडाउनको अहिलेकै मोडललाई यथावत राख्ने कि, आर्थिक क्रियाकलाप गर्न दिइने भनेर बहस भइरहेको थियो । तर, कोरोना सङ्क्रमणका केस बढ्न थालेपछि लकडाउन यथावत राख्नुको विकल्प छैन,” उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले भने ।
यद्यपि यसबारे साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ ।
“आज दिउँसो साढे दुई बजे समन्वय समितिको बैठक बस्दै छ । त्यहाँ लकडाउनका विषय छलफल हुनेछ । प्राप्त सुझावहरूका आधारमा मन्त्रिपरिषद्ब बैठकले निर्णय लिनेछ,” मन्त्रीको भनाइ छ ।
शुक्रबार उच्चस्तरीय समितिले जनस्वास्थ्य विज्ञहरूसँग पनि परामर्श गरेको थियो । विज्ञहरूले परीक्षणको दायरा फराकिलो पार्न र स्वास्थ्यकर्मीलाई सिफ्टमा काम लगाउन सुझाव दिएको थियो । जनस्वास्थकर्मीहरूले लकडाउनलाई यथावत् राख्न र सीमामा अझै कडाइ गर्न सल्लाह दिएका थिए ।
“पछिल्लो अवस्थालाई विश्लेषण गर्दा लकडाउनलाई थप कडाइ गर्नुपर्ने देखिएको छ,” मन्त्रीको निष्कर्ष छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने