रोनाल्डोद्वारा चीनको १ सय ७७ मिलियनको प्रस्ताव अस्विकार !

2366172-49222219-640-360म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने तयारीमा रहेका छन् । १ सय मिलियन युरोमा युभेन्टसले उनलाई खरिद गर्ने र उनले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने बताइएको  छ ।

 

रोनाल्डोले रियल छोड्ने समाचार आएदेखि म्यानचेस्टर युनाइटेड पनि एक पटक उनलाई भित्राउने प्रयास गर्ने जनाइएको छ । त्यसै माझ उनलाई नाम नखुलेको चिनियां क्लबबाट १ सय ७७ मिलियन पाउन्डको प्रस्ताव पनि आएको छ जुन उनले अस्विकार गरेका छन् ।

यसले उनी इटाली नै जाने तयारीमा रहेको थप संकेत दिन्छ । त्यहां उनलाई अग्रपंक्तिमा गोन्जालो हिग्वाइन र पाउलो डिबालाले साथ दिनेछन् । रोनाल्डोको सम्झौता आधिकारिक नभए पनि उनको ७ नम्बरको युभेन्टस जर्सी बिक्रि हुन सुरु गरिसकेको छ ।

रोनाल्डो युभेन्टस आए युभेन्टस यस पालिको च्याम्पियन्स लिगको बलियो दाबेदार हुने बुझिएको छ । यस पटक युभेन्टस सेमिफाइनलमा रियलसंगै हारेको थियो । विश्वकप अन्तिम १६ मा उरुग्वेसंग पराजित हुंदै घर फर्केका रोनाल्डो अहिले विश्राम गर्दै बिदा मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने