July 23, 2017

यो व्यवहार बोर्डीङ स्कुलहरुहरुको ठगी हैन !

2016-11-02
भक्तपुर ८ ,श्रावण, सुर्यविनायक नगरपालिका.२ स्थित बालकोटमा मेरीगोल्ड स्कूल कुनै समय भक्तपुर जिल्लाकै नाम चलेको बोर्डीङ स्कुल हो तर यो स्कुलको भित्रि रहस्य थाहा पाईयो भने अचम्म लाग्छ की कसरी र कुन हदसम्म स्कुलहरुले विद्मार्थी र अभिभावकहरुलाई तनाव दिन्छन् । प्रसङ्ग जोडौं यो स्कुलको फी भक्तपुर जिल्लाको अरु बोर्डीङ स्कुल तुलनामा सवैभन्दा महंगो छ तर यस स्कुलमा पढाउँने शिक्षकहरु कस्ता छन् भन्दा सवैभन्दा सस्ता, अन्य स्कुलमा नविगेका, नातावाद र कृपावादवाट आशिृवाद पाएका जसले कक्षामा विद्मार्थीहरुले पाठ्यक्रममा नै सिमित रहेर पश्न गर्दा चित्त वुभ्mदो जबाफ दिन सक्देैनन् उल्टो प्रश्नकर्तालाई विविध बहानामा कक्षामा पेल्ने र मानसिक तनाव पैदा गर्ने गर्छन् । यो पीडा विशेष गरी कक्षा ७, ८, ९ र १० कक्षामा अध्ययनरत बालवालिकाहरुले पाएका छन् । अझ कक्षा १० मा पढ्ने वालवालिकाहरुले त हदैसम्मको पिडा पाएको गनासो व्यक्त गरे, उनिहरुको अनुसार अप्सनल म्याथ र साइन्स विषय पढाएको फिटिक्कै वुझिएन र कोअर्डीनेटरलाई कम्ल्पेन गर्दा ट्यूसन पढ्न भन्ने गरेको एक विद्माथीले बताए । ट्युसन कहाँ पढ्ने भनेर सोध्दा पहिला यहि स्कुलमा पढाउने धामी सरले पढाउनु हुन्छ, श्रावण ८ गतेवाट ट्युसन कक्षा शुरु हुने र सवैले अनिवार्य पढ्नुपर्ने भनेर कोअर्डीनेटर गगन सिं विष्टले दवाव दिएको बताए । उनले पहिला पनि रु २५० पर्ने एस.इ.इ. को किताव बाहिरवाट ल्याएर रु ४५० मा जर्वजस्त किन्न बाध्य पारेका गुनासो विद्मार्थीहरुले गरे । स्मरण रहोस यस स्कुलले हरेक वर्ष अत्याधिक भर्ना फी लिने, हाल कक्षा ९ र १० मा अध्यनरत वाललालिकाहरुलाई कम्प्यूटर विषय नपढाईकन पढाएको भनेर चर्को शुल्क लिने गरेको प्रमाण पाइएको छ । पहिला यस स्कुलमा पढाएको, राम्रो रिजल्ट निकाल्न सफल भएका केहि शिक्षकहरुलाई हामीले सोध्दा अभिभावकबाट चर्को शुल्क लिने तर हाम्रो योग्यता र क्षमतानुसार पारिश्रमिक नदिएको कारण हामीले स्कूल छोडी अन्यत्रै काम गरेको बताए । यसरी के बुझिन्छ भने चर्को शुल्क लिने अनि ट्यूशन पढ्न जाउ भन्ने त्यो पनि स्कूले नै ट्यूशन कक्षा संचालन गर्ने, यस्ता स्कुललाई सम्बन्धित सरकारी निकाय, अभिभावक र विधार्थी संगठनले उचित कावाही गर्न ध्यान जाओस ।
जानकारीकोलागी– मेरीगोल्ड अपरेशन …क्रमश आउदैछ पढ्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न