यूएईमा आममाफी शुरु, बस्न चाहनेलाई काम खोज्न ६ महिनाको भिसा दिइने

युएई सरकारले घोषणा गरेको तीन महिने आममाफी बुधबारदेखि सुरु भएको छ । यो अवधिमा युएई सरकारले तोकेका केन्द्रमा गएर अभिलेखविहिन रहेका आप्रवासी कामदारले दर्ता भएर पुनः वैध हुन अथवा स्वदेश फर्किन पाउने छन् ।

पहिलो दिन नै त्यहाँका केन्द्रहरुमा आप्रवासीहरु दर्ता हुने क्रम सुरु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

यसरी अवैधानिक रुपमा बसिरहेका आप्रवासीलाई वैधानिक हुन वा स्वदेश फर्किन युएईका ९ ठाउँमा केन्द्रहरु तोकिएका छन् । ती केन्द्रमा गएर भिषाको म्याद सकिएकाहरु पुनः वैध हुन अथवा जरिवानाबिनै स्वदेश फर्किने कागजात तयार गर्न पाउने छन् । यो प्रक्रियामा सहभागी भएर फर्किनेहरु फेरि युएई जान सक्नेछन् । स्वदेश फर्किन चाहनेहरुले आवेदन दिएको भोलीपल्टै कागजात प्राप्त गर्ने जनाइएको छ ।

स्वदेश फर्किन चाहनेले २ सय २१ दिराम शुल्क बुझाउनु पर्छ भने, म्याद सहितको पासपोर्ट र स्वदेश फर्किने टिकट हुनु पनि हुनुपर्छ । यस्तै हाल भागेर काम गरिरहेकाहरुले ५ सय २१ दिराम तिरेर भगौडाको सूचीबाट नाम हटाउन सक्ने छन् ।

अहिले भिसा सकिएका कामदारले व्यक्तिगत स्पोन्सरसीप ६ महिनाको लागि लिन सक्नेछन् । यो अवधिमा कागजात तयार गरेर उनीहरुले अर्को ठाउँमा रोजगारी खोज्न सक्ने छन् ।

आममाफीको समय सकिएपछि भने अवैधानिक कामदारमाथी धरपकड सुरु हुनेछ । यसरी पक्राउ पर्नेहरुले जरीवाना तिर्नुपर्ने र उनीहरुलाई पुनः युएई जान समेत रोक लगाइने युएई सरकारले चेतावनी दिएको छ ।

प्रक्रियामा सहभागी हुने आप्रवासीले अवुधाविको साहमास्थित अध्यागमन कार्यालयमा, अल ऐनको अध्यागमन कार्यालय, अल घर्वियाको अध्यागन कार्यालय, दुवईको अल अवीर र ईमिरेट्सहरुका मुख्य अध्यागन कार्यालयहरुमा आवेदन दिन सक्नेछन् । यी कार्यालय बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहनेछन् ।

यस्तै युएई सरकारले त्यहि बसेर रोजगारी खोज्न चाहनेहरुका लागि ६ महिने भिसा दिने घोषणा गरेको छ । यसअघिका आममाफीमा भने युएईले यस्तो व्यवस्था गरेको थिएन । आममाफीको समयमा ६ महिनासम्मको भिसा दिने व्यवस्था गरेको यो नै पहिलो पटक हो ।

यसरी भिसा पाउनका लागि वैधानिक रुपमा युएई गएको हुनु पर्ने छ । अवैधानिक रुपमा पुगेकाहरु विना जरिवाना स्वदेश फर्किन पाए पनि उनीहरुलाई दुई वर्ष प्रतिवन्द लाग्ने छ ।

यसअघि अवैधानिक रुपमा कुनै कम्पनीमा काम गरिरहेकाहरुले भने त्यहि कम्पनीमा वैध भएर काम गर्ने मौका पाउने छन् ।

६ महिनाको भिसा पाउने आप्रवासीले सरकारी क्षेत्रमा समेत रोजगारी खोज्न सक्नेछन् । तर यो अवधिमा रोजगारी नपाउने आप्रवासी भने आफ्नै देश फर्किनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण