यी ६ विश्वकप जहाँ डिफेण्डिङ च्याम्पियनले आफ्नो पहिलो खेल नै हारे

२०१४ विश्वकप विजेता, यो विश्वकपको डिफेण्डिङ च्याम्यिन जर्मनीले आफ्नो पहिलो खेल नै हारेको छ । अघिल्लो च्याम्पियनले आफ्नो पहिलो खेल नै हारेपछि विभिन्न किसिमका टिप्पणी भएका छन् । यद्यपि विश्वकप इतिहासमा यो पहिलो पटक होइन जहाँ डिफेण्डिङ च्याम्पियनले आफ्नो पहिलो खेल हारेको छ । 

germany-vs-mexico

विश्वकपको पहिलो खेल नै हार्ने जर्मनी छैटौं डिफेण्डिङ च्याम्पियन बनेको छ । डिफेण्डिङ च्याम्पियनको हैसियतमा विश्वकपको मैदानमा ओर्लिएर पहिलो खेल नै हार्ने पहिलो देश इटली हो । इटली १९३८ को च्याम्पियन हो । त्यसपछि १९४२ र १९४६ मा विश्वयुद्धका कारण विश्वकप भएको थिएन । १९३८ पछि १९५० मा मात्र विश्वकप आयोजना गरियो । यो विश्वकपमा इटलीले आफ्नो पहिलो खेल स्वेडेनसँग ३–२ ले हारेको थियो । 

सबैभन्दा धेरै पटक पहिलो खेल हार्ने डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना हो । अर्जेन्टिनाले विश्वकपको उपाधि २ पटक जितेको छ । रोचक त के भने दुवै पटक उपाधि जितेको विश्वकपपछिको अर्को विश्वकपमा अर्जेन्टिनाले पहिलो खेल नै हारेको छ । १९७८ को च्याम्पियन अर्जेन्टिनाले १९८२ मा पहिलो खेल बेल्जियमसँग १–० ले हारेको थियो । यस्तै १९८६ मा च्याम्पियन बनेपछि पनि अर्जेन्टिनाले १९९० को पहिलो खेल क्यामरुनसँग १–० ले हारेको थियो । 

१९९८ को च्याम्पियन फ्रान्सले पनि २००२ मा आफ्नो पहिलो खेल सेनेगलसँग १–० ले हारेको थियो । पछिल्ला २ विश्वकपका च्याम्पियनले पनि लगत्तैको विश्वकपमा आफ्नो पहिलो खेल नै हारेका छन् । २०१० को च्याम्पियन स्पेनले २०१४ को विश्वकपमा नेदरल्याण्डसँग ५–१ ले हारेको थियो । रोचक त के भने २०१० मा स्पेन त्यही नेदरल्याण्डलाई फाइनलमा हराएर उपाधि विजेता बनेको थियो । अहिलेको विश्वकपमा पनि हिजो डिफेण्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग १–० ले हारेको छ । 

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति