महिला पत्रकारलाई यौन दुर्व्यवहारको आरोपपछि राजीनामा

 महिला पत्रकारलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एक जापानी उच्च अधिकारीले बुधबार पदबाट राजीनामा दिएका छन् ।

japan-768x534जापानी वित्तीय मन्त्रालयको उच्च तहका कर्मचारी रहेका जिनीचा फुकुडाले महिला पत्रकारमाथि गरेको यौनिक मनसायका टिप्पणीहरु पहिलोपटक जापानी मैगजीन सुकान सिन्चोले बाहिर ल्याएको थियो ।

साथै उक्त मैगजीनले यसै सप्ताहको सुरुवातमा फुकुडाको आवाज रहेको एउटा अडियो क्लिप पनि सार्वजनिक गरेको थियो । जसमा उनले भनेका थिए, ‘म तिमीलाई अंगाल्न सक्छु ?, म तिम्रो स्तन छुन सक्छु ?’

फुकुडाले गम्भिर अवस्थाबाट गुज्रिरहेको मन्त्रालयको कामलाई अवरोध नपुर्‍याउन मात्र राजीनामा दिइरहेको भन्दै उक्त आरोपविरुद्ध लडाँई गर्ने बताएका छन् ।

जापानको वित्तीय मन्त्रालयमाथि प्रधानमन्त्री सिन्जो आवेलाई नातावादको आरोपबाट बचाउनका लागि विवरणहरुलाई तोडमोड गरेको आरोप छ । जसकारण अहिले उक्त मन्त्रालय जन आक्रोश र समस्याहरुबाट गुज्रीरहेको छ ।

जापानको रुढीवादी सामाज अहिले विश्वभरी चलेको मिटु मुभमेन्टमा सरिक भएको छ । हलिउडका हस्ती हार्भे विन्सटिनको यौन काण्डबाट उत्पन्न भएर अनलाइनमार्फत चलिरहेको त्यस आन्दोलनले अहिले यौन दुर्व्यवहारविरुद्ध विश्वभरी नै वृहत प्रतिरोधको कदम चलाइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण