भ्रष्टाचारको अभियोगमा बिन तलालसँग ६ खर्ब धरौटी माग

९ पुस : भ्रष्टाचारको अभियोगमा जेल पुगेका साउदी राजकुमार अलवालेद बिन तलालसँग साउदी अरबका अधिकारीहरुले ६ अर्ब डलरभन्दा बढी धरौटी मागेका छन् । झण्डै ६ खर्ब रुपैयाँभन्दा बढी धरौटी मागिएको साउदीमा यो पहिलो घटना हो ।

यसअघि नोभेम्बरमा पक्राउ परेका केही साउदी राजकुमारहरु ठूलो रकम धरौटी बुझाएर रिहा भइसकेका छन् । तलाल भने अहिलेसम्म जेलमै छन् । ६२ वर्षीय तलाल विश्वकै धनीको सूचिमा छन् । एक जर्नलले सार्वजनिक गरेको अर्बपतिको सूचिमा उनी ५७औं नम्बरमा छन् । उनीसँग १८ बिलियन सम्पत्ति रहेको अनुमान गरिएको छ ।

यदि उनले धरौटी बुझाउन पर्‍यो भने ९ बिलियन डलर बराबर मूल्य रहेको उनको होल्डिङ कम्पनीको ठूलो हिस्सा सुम्पनुपर्ने हुनसक्छ । जेलबाट छुट्नका लागि वालेदले एउटा सम्झौता गर्ने प्रयास गरिरहेको केही सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

साउदीमा भ्रष्टाचारको आरोपमा विशिष्ट व्यक्तिहरु अहिले पनि जेलमा छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण