भारतको इङ्ल्यान्डबिरुद्ध सहज जित- रोहित र कुलदीपको उच्च प्रदर्शन !

नटिङघम (एजेन्सी)– भारतले पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डलाई ८ विकेटले हराएको छ । २ सय ६९ रनको विजय लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्माले अविजित शतक बनाएपछि टोलीले सहज जित हासिल गरेको थियो । ४०.१ ओभरमा मात्र २ विकेट गुमाउँदै भारतले २ सय ६९ रनको लक्ष्य पुरा गरेको थियो ।

ओपनर रोहित शर्मा १ सय १४ बलमा १ सय ३७ रनमा अविजित रहे । रोहितले १५ चौका र ४ छक्का प्रहार गरे । रोहितले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग १ सय ६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ८२ बल खेलेका कोहलीले ७ चौकासहित ७५ रन जोडे ।

त्यसअघि रोहितले पहिलो विकेटका लागि शिखर धवनसँग ५९ रनको साझेदारी गरे । २७ बल खेल्दै धवनले ८ चौकाका साथ ४० रन बटुले । केएल राहुल ९ रनमा अविजित रहे । घरेलु टोलीका लागि मोइन अली र अदिल रसिदले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरको खेलमा १ बल अघि सबै विकेट गुमाउँदै २ सय ६८ रन बनाएका थियो । घरेलु टोलीका लागि बेन स्टोक्स र जोस बटलरले अर्धशतक पुरा गरेका थिए । स्टोक्सले १ सय ३ बल खेल्दै २ चौकाका साथ ५० रन बनाए भने बटलरले ५१ बलमा ५ चौकासहित ५३ रन जोडे ।

ओपनर जसन रोय र जोनी ब्रेनस्टोले समान ३८ रन जोडेका थिए । मोइन अलीले २४, इयोन मोर्गानले १९ रन जोडे । भारतका लागि कुलदिप यादवले उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका कुलदिपले २५ रन खर्चेका थिए । उमेश यादवले २ र सिद्धार्थ काउलले १ विकेट लिएका थिए । ३ एक दिवसिय श्रृखंलामा भारतले १–० को अग्रता लिएको छ । यी दुई बीचको दोस्रो एक दिवसिय शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति