August 9, 2018

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा

Money-1_Y3nGfJdaoE

साउन २४, सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ ।

बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो ।

प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ ।

नाम दर्ता गराउने ठाउँमा कार्यरत कर्मचारी कविता पोद्दारका नाममा झन्डै पाँच लाख र अजय प्रधानको नाममा तीन लाख ६९ हजारभन्दा बढी बक्यौता छ ।

सरु भट्टराईको नाममा १३ हजार ६ सय ९७ रुपैयाँ बाँकी देखिन्छ ।

असार मसान्तअघिसम्म भट्टराईको नाममा १७ लाख ६१ हजारभन्दा बढी बक्यौता थियो ।

उनले सो रकम असार मसान्तमा बुझाएको देखिन्छ । अन्य कर्मचारीको नाममा पनि असार मसान्तअघि ठूलो रकम बक्यौता देखिए पनि पछि केही तिरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न