काठमाडौं, जेठ ४ : बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवा ५ दिन पहिले भारतबाट फर्किएको खुलासा भएको छ।
भारतबाट वैशाख ३० गते नेपाल फर्किए लगतै उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा राखिएको थियो। उनको आइतबार बिहान साढे ६ बजे अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
उनी क्वारेन्टिनमा आउने बेलादेखि नै बिरामी रहेको नैनापुर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष कृष्ण चन्द्र मौर्यले बताए।
उनले भने, ‘उसले क्वारेन्टिनमा वान्ता गरेको रहेछ, क्वारेन्टिन व्यवस्थापन समितिले समयमा उपचार नगर्दा यस्तो दुखद घटना भयो।’
उनको कोरोना परीक्षणका लागि शनिबार स्वाव संकलन गरिएको र आइतबार रिपोर्ट आउने गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले बताए। ८ महिना पहिले ती युवा रोजगारीका लागि भारत गएका थिए।
उनको कोरोनाकै कारण ज्यान गएको हो वा होइन भन्ने रिपोर्ट आएपछि थाहा हुने अध्यक्ष शाहले बताए।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने