बन्दुकमा विश्वास गर्नेले सत्याग्रहको शक्ति बुझ्दैन : रमेश लेखक

Ramesh-Lekhakकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बन्दुकमा विश्वास गर्नेले सत्याग्रहको शक्ति बुझ्न नसक्ने टिप्पणी गरेका छन् । उनले स्वास्थ्य शिक्षा क्षेत्रको सुधारका लागि डा. गोविन्द केसीले जुम्लामा थालेको अनशनप्रति सरकारले देखाएको रवैयालाई लक्षित गरेर बन्दुकमा विश्वास गर्नेले सत्याग्रहको शक्ति नबुभ्ने टिप्पणी गरेका हुन् ।  
कांग्रेस नेता लेखकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै छिमेकी मुलुक भारतमा सत्याग्रहले नै बेलायती साम्राज्यवाद झुकाएको स्मरण गर्दै नेपालमा पनि डा. केसीको सत्याग्रहसँग सरकार झुक्ने दावी गरेका छन् । उनले दुईतिहाई मतको सरकार डा. केसीका सामुन्ने झुक्दैन भन्नु दम्भमात्रै भएको आशयसमेत व्यक्त गरेका छन् । 
चिकित्सा शिक्षा विधेयकमा उल्लेख गरिएका विषयलाई लिएर डा. केसी १७ दिनदेखि जुम्लामा अनशनरत छन् । अनसनमा बसेका डा. केसीको माग सम्बोधन गर्नुको सट्टा सरकार कठोर ढंगमा प्रस्तुत भइरहेको भन्दै प्रतिपक्षी कांग्रेसले सोमबार प्रतिनिधिसभा बैठक दुई पटक अवरुद्ध गरेका थियो । प्रतिपक्षी कांग्रेसको अवरोधका कारण संसद बैठक तीन दिनका लागि स्थगित गरिएको छ । 
यसैबीच, डा. केसीको माग सम्बोधनका लागि सरकारलाई दबाव दिन मंगलबार कांग्रेसको भ्रातृ संगठन नेािपल विद्यार्थी संघले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन मध्यान्ह साढे १२ वजेबाट शुरु हुने अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न