प्ले अफमा पुग्न सकेन पञ्जाब, चेन्नईद्वारा ५ विकेटले पराजित

galeपुणे, ७ जेठ । आइपिएल-११ को अन्तिम लिग खेलमा चेन्नई सुपरकिंग्सले किंग्स इलेवन पञ्जाबलाई ५ विकेटले हराएको छ । यो हारसँगै पञ्जाब प्लेअफको दौडबाट बाहिर भएको छ ।

१५४ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो । सुरेश रैनाले ६१ रनको पारी खेले । यो उनको ३६औं अर्धशतक हो । धोनीले १६ रन जोड्दै आफ्नो ४००० रन पूरा गरे ।

यसअघि चेन्नईले टस जितेर बलिङ रोजेको थियो । पञ्जाब १९.४ ओभरमा १५३ रन जोडेर अलआउट भएको थियो । करुण नायले ५४ रन बनाए भने लुंगी एंगिडीले ४ विकेट लिए । उनी म्यान अफ दि म्याच पनि बने ।

लक्ष्य पछ्याइरहेको चेन्नईले खराब सुरुवात गर्‍यो । ३ रन जोडंदा अम्बाती रायुड्रूलाई मोहित शर्माले आउट गरिदिए । रायुड्रूले केवल १ रन बनाए । त्यसपछि अंकित राजपूतले पाँचौं ओभरको तेस्रो बलमा फाफ डु प्लेसी र चौथो बलमा सैम बिलिंग्सलाई आउट गरिदिए । डु प्लेसीले १४ र बिलिंग्सले शून्य रन बनाए । रविचंद्रन अश्विनले हरभजन सिंहलाई १९ रनमा आउट गरिदिए । दीप चाहर ३९ रन बनाउँदै आउट भए ।

त्यसैगरी पहिले ब्याटिङमा उत्रिएको पञ्जाबले एकदमै खराब सुरुवात गर्‍यो । पहिलो ओ‌भरमा क्रिस गेल खाता नखोल्दै आउट भए । उनी लुंगी एंगिडीको बलमा धोनीको हातबाट क्याच भए । त्यसपछि दीपक चाहरले एरोन फिंचलाई ४ रनमै आउट गरिदिए । लगातार फर्ममा खेलिरहेका केएल राहुललाई एंगिडीले बोल्ड गरिदिए । राहुलले केवल ७ रन बनाए ।

त्यसपछि मनोज तिवारी ३५ रन बनाएर आउट भए । उनलाई रविंद्र जडेजाले धोनीको हातबाट क्याच गराए । त्यसपछि ड्वेन ब्रावोले डेविड मिलरलाई २४ रनमा बोल्ड गरिदिए । अक्षर पटेल १४ रनमा शार्दुल ठाकुरको बलमा सैम बिलिंग्सको हातबाट क्याच आउट भए । कप्तान रविचंद्रन अश्विन पनि शून्य रनमा आउट भए ।
हिजोको खेलसँगै चेन्नई सुपरकिंग्सका लुंगी एंगिडीले नयाँ रेकर्ड बनाए । उनले ४ ओभरमा केवल १० रन दिए र ४ खेलाडीलाई आउट गरे । उनको नाममा किफायती बलरको रेकर्ड बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति