June 15, 2018

प्राथमिक तहमा १० हजार शिक्षकका लागि आवेदन खुल्यो

शिक्षक सेवा आयोगले पहिलो चरणअन्तर्गत प्राथमिक तहका झण्डै १० हजार पदमा खुला विज्ञापन गरेको छ । तीनवटै तहको खुला विज्ञापन गर्ने तयारी रहेको बताउँदै आयोगले यही साताभित्र निमावि र मावि तहको समेत विज्ञापन गर्दै जाने जनाएको छ ।

आयोगले प्राथमिक तहमा ६ वर्षपछि विज्ञापन खोलेको हो । यसपटक भने आयोगले ९ हजार ९ सय ९६ पदमा विज्ञापन गरेको छ । शिक्षा ऐनको आठौं संशोधनले आधारभूत र माध्यमिक तह गरी विद्यालय शिक्षाको संरचना तय गरे पनि संविधानको धारा ३०४ को व्यवस्था अनुसार नै उक्त विज्ञापन गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार खुलातर्फ ५ हजार ४ सय ९८, महिलातर्फ १ हजार ४ सय २१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७, आदिवासी र जनजाती तर्फ १ हजार २ सय १५, मधेशीतर्फ ९ सय ८६, दलिततर्फ ४ सय ५, अपांगता भएका तर्फ २ सय २५ र पिछडिएको क्षेत्रतर्फ १ सय ८० आरक्षण छुट्याइएको छ ।

आयोगको अनुसार दरखास्त फारम बुझाउने अन्तिम मिति यही असार ३० गतेसम्मको लागि तोकिएको छ । लिखित परीक्षा असोज १३ गते हुनेछ । आवेदन दिन १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । कार्यरत राहत शिक्षकका हकमा भने उमरको हद लाग्ने छैन । कार्यरत स्थायी शिक्षकले समान पदमा उमेदवार हुन पाउनेछैनन् । आयोगका अनुसार यसअघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियोे । शिक्षा विभागले यसअघि नै २०४९ सालदेखि २०७२ असोज २ सम्मको करिव १७ हजार रिक्त दरबन्दी विवरण आयोगमा पठाइसकेको थियो । पछिल्लोपटक विभागले २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको तीनै तहको ७ हजार रिक्त दरबन्दी विवरण आयोगमा पठाएको छ । 

२०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको ७ हजार, यसअघि ७५ प्रतिशत आन्तरिक विज्ञापनबाट बाँकी रहेको २५ प्रतिशत दरबन्दी र सुविधामात्रै रोजेका अस्थायी शिक्षकहरुको ५५ सय गरी १२ हजार पाँच सय दरबन्दी संख्याको आधारमा खुला विज्ञापन गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)