प्रदेश ४ र ५ का नगर इञ्जिनियरहरुलाई मानवमल मूत्र व्यवस्थापन र सरसफाई सम्बन्धी तालिम  

thumbnailकाठमाडौं, २८ साउन । प्रदेश नं ४ र ५ का नगरपालिकामा कार्यरत इञ्जिनियरहरुको लागि मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन र नगर स्वच्छता सम्बन्धी क्षमता अभिबृद्धिको तीन दिवसीय तालिम सोमबार(आज साउन २८ गते)देखि राजधानीमा आरम्भ भएको छ ।
जनस्वास्थ्यका क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स (सोफेन), वातावरण तथा जनस्वास्थ्य संस्था (इन्फो) र ५०० बी सोलुसन प्रा.लि. नेपालको संयुक्त आयोजनामा सो तालिम  शुरु भएको हो ।
पूर्व विज्ञान तथा प्रविधि मन्त्री ई. गणेश साहको प्रमुख आतिथ्यमा आरम्भ भएको तालिमको उद्घाटन शत्रको सभापतित्व सोफेनका अध्यक्ष ई. रामदीप शाहले गर्नुभएको थियो ।
उद्घाटन शत्रलाई सम्बोधन गर्दै पूर्व मन्त्री ई. गणेश साहले विश्वमा अहिले खानेपानी, जलवायु परिवर्तन, वातावरणका मुद्दाहरु चर्को रुपमा उठ्दै आएको बताउनुभयो । उहाँले तालिममा सहभागी ईञ्जिनियरहरुलाई आफ्नो नगर स्वच्छ राखी स्मार्ट सिटीको नगरपिता बन्ने अवसरको सदुपयोग गर्न अनुरोध गर्दै नगर क्षेत्र उत्पादन हुने मानव मलमूत्रीय सहित सबै खालका फोहरमैलाको दिगो व्यवस्थापन गर्न, स्वच्छ खानेपानीको आपूर्तिको व्यवस्था  मिलाउन र स्वच्छ वातावरण कायम राख्ने कार्यमा  नेतृत्वदायी भूमिका लिन आग्रह गर्नुभयो ।
उहाँले खानेपानी र सरसफाई संयुक्त राष्ट्र संघको दीगो विकासमा परेको र राष्ट्रिय प्राथमिकतामा पनि परेकोले यसमा नगरपालिकाहरुले विशेष ध्यान दिनपर्ने बताउनुभयो । गत बर्ष सम्पन्न स्थानीय निर्वाचनबाट जनप्रतिनिधि आएकोले यो समयलाई  प्रस्थान विन्दु बनाउदै सबै पूर्वाधार सहित मानव मलमूत्रीय फोहर व्यवस्थापनको दीर्घकालिन योजना बनाएर काम गर्ने जिम्मेवारी नगरपालिकामा काम गर्ने इञ्जिनियरहरुमा आएको बताउनुभयो ।
उद्घाटन समारोहमा सोफेनका सल्लाहकार तथा पूर्व सचिव ई. सुमन शर्माले मानव मल मूत्रको समुचित व्यवस्थापन मानव सभ्यता र जीवनस्तरसंग जोडिएको बताउदै नगरवासीको चेतनाको स्तर र नगरमा कार्यरत ईञ्जिनियरहरुको योग्यता,क्षमता र दक्षता नगरको पूर्वाधार, सेवास्तर, सरसफाई र सुव्यवस्थापनबाट देखिने भएकोले इञ्जिनियरहरु आफ्नो कामप्रति असाध्यै चनाखो र संवेदनशील रहनुपर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सोफेन पूर्व अध्यक्ष तथा नेपाल इञ्जिनियर एशोसियसनका पूर्व अध्यक्ष र्इं.किशोर शाक्यले मानव मलमूत्रीय फोहर सबै शहरको समस्या भएको बताउदै त्यसको समुचित व्यवस्थापनका उपायहरु सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले आफू कार्यरत नगरलाई कस्तो बनाउने भन्ने जिम्मेवारी जनप्रतिनिधिका अलवा ईञ्जिनियरहरुको काँधमा पनि रहेको बताउनुभयो । उहाँले नगरलाई स्वच्छ र सुन्दर बनाउन इञ्जिनियरहरुले फोहरमैलाको दिगो व्यवस्थापन गर्न जरुरी रहेको र मानव मलमूत्रीय फोहरको समुचित व्यवस्थापन नगरको सुन्दरता र जनस्वास्थ्यसंग पनि जोडिएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सोफेनका अध्यक्ष ई. रामदीप साहले देशभर नगर क्षेत्र बढ्दै गएको र मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनमा आवश्यकता अनुरुप राज्य,समुदाय र निजीक्षेत्र कतैबाट पनि यथोचित प्रयास हुन नसकेको हुनाले सोफेनले सहयोगी संस्थाहरुको सहकार्यमा यस क्षेत्रमा राष्ट्रव्यापी अभियान चलाएको बताउनुभयो ।
सोफेन अध्यक्ष ई. साहले नेपालका प्रमुख शहरहरुमा फोहर मैला र ढलनलको समुचित व्यवस्थापन नहुँदा देखिएको समस्याबाट हामी सबैले शिक्षा लिनुपर्ने बताउनुभयो । उहाँले राम्रो काम गर्न अझै बिलम्ब नभएको बताउदै देशमा तीव्र रुपमा भैरहेको शहरीकरणलाई व्यवस्थित गर्न फोहरमैलाको दीगो व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सोफेनले  इन्फो र ५०० बी सोलुसनसंग मिलेर शहर सफा राख्न नयाँ अभियान थालेको बताउनुभयो ।
तीन दिनसम्म चल्ने सो कार्यशालामा सोफेनका अध्यक्ष ई.रामदीप साह, ई. विपिन डंगोल,डा. मिड.मा शेर्पा, अञ्जली मानन्धर, र्इं. कृष्णा याङ्दो,र्इं. राजेन्द्र श्रेष्ठ,ई.हरिप्रसाद शर्मा, ई.ऋतु राजभण्डारी,ई.राममणि शर्मा, ई.सुदर्शन भण्डारी,ई. सञ्जय अधिकारी, ई. किरण दर्नालले मानव मत्रमूत्रीय फोहर मैला व्यवस्थापनका घरायसी र सार्वजनिक शौचालय निर्माण, सेफ्टि ट्यांक, ढल प्रणाली, ढल प्रशोधन,प्रशोधित पानीको पुन उपयोग र मलको व्यवस्थापन सहित यस क्षेत्रका कानूनी र संस्थागत विकास तथा राष्ट्रिय र अन्तराष्ट्रिय अभ्यासका विषयमा प्रस्तुति दिनुहुने कार्यक्रम छ ।
कार्यशालाका सहभागीहरुलाई लुभुको ढल प्रशोधन केन्द्रको स्थलगत अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको छ । कार्यशालाका सहभागीहरुलाई समूह विभाजन गरि आआफ्ना नगरमा मानव मलमूत्रीय फोहरका समस्या र तिनको दिगो व्यवसथपनका उपायहरुका बारे अभ्यास गरी साझा निष्कर्ष निकाल्ने कार्यक्रम रहेको छ ।
तीन वटै संस्थाको सहयोगमा यस अगाडि राजधानीमा प्रदेश नं १ र २  का नगरपालिकाहरुमा  कार्यरत इञ्जिनियरलाई यस्तै  तालिम दिएको थियो । तीन वटै संस्थाहरुले बाँकी प्रदेशका नगरपालिकाका इञ्जिनियरहरुलाई पनि यस्तो तालिम दिने कार्यक्रम रहेको छ ।
सोफेनले खानेपानी,जलवायु परिवर्तन,स्वच्छ वातावरण र फोहर मैला व्यस्थापनका क्षेत्रमा देशव्यापी आभियान चलाईरहेको छ । यसले हरेक प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखहरु र उपभोक्त समितिका प्रमुखहरुलाई मानव मलमूत्रीय फोहर व्यवस्थापनका बारमो सचेतना कार्यशालामा सहभागी गराईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न