प्रदेश र स्थानीय तहमा पनि युवा परिषद् गठन गरिदै

काठमाडौँ– सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ ।  राष्ट्रिय युवा परिषद् ऐन संशोधन गरेरनै सरकार ती दुई परिषद्का लागि तयारीमा लागेको हो । परिषद् ऐनमा नै प्रदेश र स्थानीय तहमा युवा परिषद् गठन गर्ने प्रस्तावसँगै गठनका लागि आवश्यक कानूनसमेत बनाउन थालिएको युवा परिषद्का सूचना अधिकारी धुर्वराज पौड्यालले जानकारी दिए । जिल्लास्तरमा रहेको युवा समिति खारेज गर्दै प्रदेश र स्थानीय तहको मागबमोजिम नै परिषद्ले प्रदेश र स्थानीय युवा परिषद् गठन गर्न लागेको हो । प्रदेशमा ‘प्रदेश युवा परिषद् र स्थानीय तहमा ‘नगर÷गाउँपालिका युवा परिषद्’ नाम रहने छ । प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाउनका लागि परिषद्का सदस्य भावना भट्टको संयोजकत्वमा सात सदस्यीय मस्यौंदा समिति गठन गरिएको छ । उक्त समितिले प्रदेश युवा परिषद्को नमूना ऐन बनाएर सात वटै प्रदेशमा पठाउने परिषद्का सचिव पौड्यालले बताए । ‘‘प्रदेश सरकारले प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाएर पठाउनु भनेर माग गरेका छन्’, उनले भने, ‘‘राष्ट्रिय युवा परिषद्कै संरचनामा जस्तै प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाएर हामी पठाउछौँ ।’ पूर्वयुवा तथा खेलकूद सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा गठित परिषद्को सङ्गठन संरचना सर्वेक्षणमा समेत प्रदेश र स्थानीय युवा परिषद् गठन गर्नुपर्ने सुझाव दिइएको थियो । प्रदेशस्तरमा सामाजिक विकास मन्त्रालयअन्तर्गत र स्थानीय तहमा नगरपालिका÷गाउँपालिकाअन्तर्गत प्रदेश रहने छन् ।

प्रदेश युवा परिषद्मा सामाजिक विकासमन्त्री अध्यक्ष तथा स्थानीय तहको युवा परिषद् नगरपालिकाका प्रमुख÷गाउँपालिकाका अध्यक्ष उक्त परिषद्को अध्यक्ष हुने व्यवस्था गरिएको छ । प्रदेशमा केन्द्रमा जस्तै कार्यकारी उपाध्यक्ष वा उपाध्यक्ष वा सदस्य सचिव के राख्ने भन्नेमा अझै टुङगिएको छैन । यस्तै स्थानीय तहमा परिषद्का अध्यक्षले कार्यकारी समिति गठन गरेर काम गर्न सक्नेछन् । सरकारले २०७२ फागुनमा केन्द्रमा युवाको विकासको लक्ष्य राखेर युवा परिषद् गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न