पोर्चुगल हार्‍यो, रोनाल्डोको गोलले जोगाउन सकेन

_95368668_ronaldo_epa

चैत १६ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित भएको छ । कप्तान क्रिष्टियानो रोनाल्डोको जन्म शहर माडेइरामा मंगलबार राति भएको खेलमा पहिलो हाफमा २–० को अग्रता लिएर पनि पोर्चुगल स्वीडेनसँग ३–२ ले पराजित भएको हो । १८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ३४ औं मिनेटमा स्वीडेनका ग्रानक्भिस्टले आत्मघाती गोल गरेपछि पहिलो हाफमा पोर्चुगलले २–० को अग्रता लियो । तर दोस्रो हाफमा स्वीडेनले तीन गोल गर्‍यो र नतिजा आफ्नो पक्षमा पार्‍यो ।cristiano-ronaldo-71-portugal_fcomngu5nbco1bpaz6nlzvzid

भिक्टर क्लेसनले ५७ र ७६ औं मिनेटमा गरी स्वीडेनका लागि दुई गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयमा पोर्चुगलका काभाको क्यानसेलोले आत्मघाती गोल गरेपछि स्वीडेन ३–२ ले विजयी भयो । रोनाल्डोको सम्मानमा स्थानीय विमानस्थलको नाम उनको नामबाट राखिने एक दिन पहिले भएको खेलमा पोर्चुगल पराजित भएको हो । बुधबार हुने विमानस्थलको नाम घोषणा सभामा रोनाल्डो उपस्थित हुनेछन् ।

यस्तै राति नै भएको खेलमा इटालीले नेदरल्याण्डसलाई २–१ ले हरायो । अरु खेलमा जर्जियाले लात्भियालाई ५–०, बोसनिया हर्जगोभिनाले अल्बानियालाई २–१, इजिप्टले टोगो, इस्टोनियाले क्रोएसिया तथा मेसेडोनियाले बेलारुसलाई समान ३–०, गिनीले क्यामरुनलाई २–१ तथा केप भेर्डे आइल्याण्डले लग्जेम्बर्गलाई २–० ले हरायो । अस्ट्रिया र फिनल्याण्डले १–१, दक्षिण अफ्रिका र अंगोलाले गोलरहित तथा रुस र बेल्जियमले ३–३ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति