पृतनापति र चिकित्सकमा कोरोना पुष्टिपछि नेपाली सेनाकाे मध्यपूर्वी पृतना सिल

जनकपुरधाम, जेठ ४ : कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिएपछि महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना सिल गरिएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाका मध्यपूर्वी पृतनाका दुई जनामा कोरोना भएको पुष्टि गरेको थियो।

संक्रमित हुनेमा सेनाका एक जना चिकित्सक र अर्का सो पृतनाका पृतनापति अधिकारी रहेको खुलेको छ।

दुई जनामा संक्रमण देखिएपछि ब्यारेक सिल गरी कन्ट्यक्ट ट्रेसिङको काम भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। संक्रमित चिकित्सक कोरोनाको स्वाब संकलन कार्यमा खटिएका थिए।

कोरोना पुष्टि भएपछि शनिबार नै दुबै जनालाई उपचारको लागि काठमाडौं लगेर बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताएका छन्।

संक्रमित नेपाली सेनाका चिकित्सक प्रदेश २ का विभिन्न जिल्लाको क्वारेन्टिनहरुमा पुगेर स्वाब संकलनको कार्यमा खेटेको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ छ।

‘कहाँ–कहाँ गएर कति जनाको उहाँले स्वाब संकलन गर्नु भयो भन्ने विवरण अहिलेसम्म खुलेको छैन। हामी त्यही विवरण पत्ता लगाउँदै छौं’, प्रजिअ खत्रीले भने, ‘‘तत्कालै पृतनालय सिल गरी कन्ट्याक्ट टेसिङको काम भइरहेको छ।’

उनका अनुसार संक्रमित पृतनापतिले चिकित्सकसँग नियमित उठबस, भेटघाट तथा हिँडडुल गर्ने गरेका थिए। दुबैजनालाई कहाँ संक्रमण भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने