पूर्व सभासद किरण कुमार राईलाई सार्वजनिक मुद्दा

नेपाल कम्युनिष्ट पार्टी विप्लप समुहका पूर्वाञ्चल ईन्चार्ज तथा सुनसरी क्षेत्र नं १ का पूर्व सभासद किरण कुमार राई लगाएत ९ जना स्थानिय नेताहरुलाई प्रहरीले पक्राउ गरी अडासार गर्दै हाल उर्लावारी ईलाका प्रहरी कार्यालयमा राखेको छ ।

गत हप्ता गाईघाट जिल्ला प्रहरी कार्यालयबाट धरौटिमा छुटेका नेताहरुलाई अदालत परीसरबाटै पुनः पक्राउ गरी उर्लावारी ल्याइएको हो ।

गत चैत्र ७ गते हिलेको एक होटलमा बास बसेको बेला पक्राउ परेका ९ जनामध्ये हाल किरण कुमार राई लगायत दिव्सन लिम्बु, माधप गौतम, नवराज भट्राईलाई सार्वजनिक मुद्धा लगाई अडासार गर्दै उर्लाबारी ल्याईएको छ भने राज कुमार दंगाल, दिव्य वराललाई शंखुवासभा लगिएको छ ।

उनीहरुलाई सार्वजनिक स्थलमा होहल्ला गरेको र आन्दोलन गर्न बैठक बसेको कपोलकल्पित अभियोग लगाई धनकुटा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराधको मुद्धा लगाएको थियो ।

तर, अभियोग पुष्टि हुन नसकेपछि धनकुटा जिल्ला अदालतले सादा तारेकमा छाडेको थियो । त्यसपछि अदालतबाटै पुन उनीहरुलाई गाईधाट स्थित वडाध्यक्ष हिक्मत कार्किको गाइगोठमा बम विस्फोट गराएको अभियोगमा उदयपुर प्रहरीेले पक्राउ गरेको थियो ।

यसै विषयमा गत वैशाख २७ गते जिल्ला अदालत उदयपुरमा भएको थुनछेक बहसमा प्रतिवादीहरुको तर्फबाट ९ जना वकिलहरुले बहस गरेका थिए । बहस गर्नेहरुमा एकराज भण्डारी, नारायण तिवारी, श्यामनन्द चौधरी, इन्द्र तामाड, वैकुण्ठ दाहाल लगाएतका वरीष्ठ वकिलहरु थिए ।

सरकारी वकिलले पेश गरेको प्रतिवेदनमा मंसिर १२ गते राति ३ बजे गाईघाट ७ का वडाध्यक्ष हिक्मत कार्किको गाईगोठमा अज्ञान समुहद्धारा विस्फोट गराई सामान्य क्षति पुर्याएको भन्ने आरोप लगाईएको थियो । सरकारी वकिलको प्रतिवेदनले वर्तमान संविधानले व्यवस्था गरेको राजनिति गर्ने अधिकार र मावन अधिकारको खिल्ली उडाएको जिकिर गरेको थियो ।

वकिलहरुले प्रहरीले दिएको प्रतिवेदन र मुचुल्काले पनि बम बिस्फोट अज्ञात समुहले गराएको भन्ने स्पष्ट उल्लेख हुँदाहुँदै प्रतिवादिहरु नेकपा विप्लव समुहका स्थानिय नेता ईन्चार्ज भएकै आधारमा शंका गरी पक्राउ गरेर मुद्धा चलाउनु घोर अन्याय भएको जिकिर गरेका थिए ।

यसरी कसैले कतै बम विस्फोट गरायो कि अब विप्लप समुहकै कार्य हो भनि राजनितिक कार्यकर्ताहरुलाई पक्रेर थुन्ने कार्यले फेरी देशमा नयाँ तानाशाहको उदय त भएको छैन भन्ने आशंका भएकोबारे वकिलहरुले आफनो तर्क प्रस्तुत गरेका थिए ।

नत्र कसैलाई पनि विना आधार प्रमाण पक्राउ गरी मानसिक शारीरिक यातना दिन नहुने बकिलहरुले बताएका थिए । वकिलको बहसपछि न्यायधिसले उनीहरुलाई जनहि १० हजार धरौटिमा छाडेका थिए ।

यसैगरी हाल उर्लावारीको प्रहरी कस्टडिमा रहेका राई लगाएतका नेताहरुलाई पुन सार्वजनिक अपराधको मुद्दा लगाएर राखिएको छ । गत ३० गते धरानबाट भेटन गएका पत्रकारहरुलाई किरण राईले आफुहरुलाई वर्तमान सरकारले बिना आधार सार्वजनिक अपराधको मुद्दा लगाउँदै एक पछि अर्को कस्टडिमा राखेर पञ्चायति शासनकालको भन्दा तल्लो स्तरको प्रतिशोध लिएको बताए ।

उनले आफुहरु देशको परीवर्तनको लागी लडने राजबन्दी भए पनि अन्य अपराधीलाइ थुन्ने विजुली पानी विनाको कोठामा ४ वटा ताला लगाएर राखेको गुनासो गर्दै यसबारे स्थानिय पत्रकार मानवअधिकारबादिहरुलाई अनुगमन गरीदिन अनुरोध गरेका थिए ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं १ को धरान क्षेत्रबाट तत्कालिन नेकपा माओवादिको तर्फबाट उठेर अत्यधिक बहुमत ल्याइ विजय भएका राई धरानको विकास निर्माणमा अग्रसर भएको, इमान्दार र नम्र स्वभावका कारण सबै तहका जनताबाट अत्यधिक रुचाइएका युवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने