October 1, 2018

नेपालमा पार्टीहरु जस्तै टुक्रियो रामदेबको पतञ्जली योग, बन्यो पातञ्जल योग

patanjal_xK2e7Y52tlअसोज १६, भक्तपुर । पतञ्जली योग समिति अवैध रुपमा सञ्चालित भई नेपालको राष्ट्रियतामा आँच आउने काम गरेको भन्दै पतञ्जलीबाट फुटेर
पातञ्जल योग समिति नेपाल गठन गरिएको छ । 

पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत रुपमा दर्ता गरि पतञ्जली योग समिति त्यागेर पातञ्जल योग समितिको केन्द्रिय तथा जिल्ला समिति गठन गरिएको बताए ।

पतञ्जली योग समिति नेपालमा दर्ता नभएको संस्थाले नेपालको राष्ट्रियता, अखण्डतामा आँच पुग्ने गरि काम गरेपछि त्यसलाई रोक्न बाध्य भएर नयाँ संस्था दर्ता गरेको उनको भनाई रहेको छ । 

‘नेपालका झण्डा, ब्यानर र लोगो प्रयोग गर्न माग गर्दै विधि सम्वत् सञ्चालन गर्न माग गर्दा नमानेपछि बाध्य भएर छुटिएर पातञ्जल योग समिति गठन गरेका हौं,’ अध्यक्ष सुवेदीले भने । 

पतञ्जलीले सयौं व्यक्तिलाई प्रतिव्यक्ति रु. १ लाख भारुमा आजिवन सदस्य बनाएर करोडौं रुपैयाँ नेपाली रकम भारत लगेको र नेपालमा हरेक वर्ष संकलन हुने करोडौं रुपैयाँ अनियमितता हुने गरेको उनको आरोप छ  ।

‘नेपाली राष्ट्रियताको पक्षमा उभिँदै, नेपाली झण्डा, नेपाली ब्यानर र नेपाली लोगोको प्रयोग गरि विधिवत रुपमा दर्ता गरेर केन्द्रिय तथा जिल्ला समितिहरु गठन गरेका छौं,’ यसलाई ७७ जिल्ला मै विस्तार गर्ने उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।