नागढुङ्गाबाट लागुऔषध सहित पाँच जना पक्राउ

माघ ८, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भारी मात्रामा प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग नागढुङ्गा प्रमुख ज्ञान बहादुर खड्का नेतृत्वको टोलीलीले छुट्टाछुट्टै यात्रुवाहक बस चेक जाँच गर्ने क्रममा अवैध लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगा चेक प्वाइन्टमा चेक जाँच गर्ने क्रममा कपिलवस्तुबाट काठमाडौँ तर्फ आउँदै गरेको लु १ ख ८३२३ को यात्रुबाहक बसलाई चेक जाँच गर्दा काठमाडौं गोकर्णेश्वर न.पा ७ घर भएका २२ वर्षीय विजय भारतीको साथबाट झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध नाईट्राभेट १५० ट्यावलेट सहित पक्राउ गरेको छ ।

सोही बसमा आएका अर्का यात्रु काठमाडौँको बुढानिलकण्ठका २१ वर्षीय सुदिप ठकुरी र सोही स्थानका २१ वर्षीय राज गिरीलाई लागुऔषध डाईजेपाम २५ एम्पल, फेनारगन २५ एम्पल र नुफिन २५ एम्पल सहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

त्यस्तै वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ६५४४ को यात्रुबाहक बसमा सवार पर्साको पाखरिया नगरपालिका ४ का १८ वर्षीय अभिनास यादवको साथबाट नुफिन १०० एम्पल, डाईजेपाम १०० एम्पल, फेनारगन १०० एम्पल प्रहरीले बरामद गरेको छ ।

धादिङबाट काठमाडाैँ आउँदै गरेको बा ५ ख ११८० नम्बरको यात्रुवाहक बसबाट धादिङका १८ वर्षीय रमेश तामाङको साथबाट १ केजी चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई नियन्त्रणमा लिई कारवाही अगाडी बढाईएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ