February 4, 2018

नयाँ सरकार बनेपछि मोदी नेपाल आउने: प्रदीप ज्ञवाली

फाइल फोटो

२१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले स्वराजको यो भ्रमणबाट नयाँ परम्पराको थालनी भएको र नेपालको समथ्र्य बढ्दोछ भन्ने देखिएको बताए ।

रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेपालमा सरकार बनाउन लागेको शक्तिसँग मिलेर काम गर्न तयार छौं भनेर प्रधानमन्त्रीको विशेष दूत आउनु सकारात्मक भएको बताए ।‘नेपालमा सरकार बनाउन बाहृय शक्तिको आशिर्वाद चाहिन्छ भन्ने गलत परम्परा स्थापित हुँदै आएको थियो । त्यो तोडिएको छ’ ज्ञवालीले भने, ‘नयाँ सरकार बन्न लागेको समयमा सरकारको नेतृत्व गर्न लागेको दललाई यहीँ आएर बधाइ दिनु भनेको नेपालको समर्थ्य बढ्दोछ भन्ने हो ।’

एमाले सचिव ज्ञवालीले स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गरे । एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको फोन वार्तामा दुवै पक्षले एक-अर्कालाई भ्रमणको निम्तो दिएको भन्दै उनले नयाँ सरकार बनेपछि मोदी नेपाल आउने बताए ।

संविधान जारी भएपछि भारतले आफ्नो नीति पुनरावलोकन गर्न चाहेको संकेत पाइएको ज्ञवालीको भनाइ छ । यद्यपि दुई देशको सम्वन्ध आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने