द्वन्द्वकालीन घटनामा आममाफी दिने कानुन बन्दैन : प्रचण्ड

मंसिर १५,काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानुन नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उनले  द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानुन नबन्ने स्पष्ट पारे । 

अध्यक्ष दाहालले भने, “द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ ।”

उनले  द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउँदै भने, “यस्ता खालका द्वन्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ ।”

प्रतिनिधिसभाका सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले निर्ममतापूर्वक हत्या गरेको थियो । अध्यक्ष दाहालले थपे, “इतिहासको यो घटना मेरै कारणले भएको हो, ममाथि पनि धेरै मुद्दाहरु छन्, म दोषी भए कारवाही भोग्न तयार छु ।”

दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी रहेको जानकारी दिँदै उहाँले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको बताए । 

अध्यक्ष दाहालले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० बीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गरे । 

“स–साना नानीहरु सम्हालेर आउनुभएको छ, जति पीडा तपाईँले भोग्नुभएको छ, त्यो मैले महसुस गरेको छु, सांसद पाख्रिनप्रति मेरो सम्मान छ”, अध्यक्ष दाहालले भने, “म तपार्इँलाई विश्वास दिलाउन चाहन्छु, त्यस्तो जघन्य अपराधलाई त्यत्तिकै छाड्ने पक्षमा छैन ।” 

सांसद पाख्रिनले जनयुद्धका बेला आफ्ना पति पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले बर्बरतापूर्वक हत्या गर्नेलाई माफी दिन नहुने स्मरण गराए । – रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने