दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः जेठमा चुनाव ‘असम्भव’

२५ माघ, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा जेठमा स्थानीय चुनाव असम्भव बन्दै गएको Paper-Magh-18-2073समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, रुपन्देहीमा एक युवकले एसिड प्रहार गरी प्रेमिकाको हत्या गरेको समाचारलाई स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले प्रमुख दलहरुबीच संवाद ठप्प भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै १३ देशका लागि राजदूत नियुक्तिको तयारी भएको समाचारलाई पनि फ्रन्टपेजमा समेटेको छ ।

 

नागरिक दैनिकमा जेठमा चुनावको टर्दै गएको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यसैगरी ‘पशुपतिको जग्गा मनपरी बाँडिँदै’ शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकमा नुवाकोटका भूकम्पपीडितले जग्गा बेच्दै घर बनाउँदै गरेको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ । त्यस्तै आईएस11आई एजेण्ट पक्राउ परेको समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।

बुढीगण्डकी जलविद्युत अयोजना निर्माणका लागि साडे ५ अर्ब मुआब्जा बाँड्ने तयारी भएकोलाई मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले जेठभित्र ८० प्रतिशत पुँजीगत बजेट खर्च गरिसक्न लेखासमितिले निर्देशन दिएको समाचारलाई पनि महत्व दिएको छ ।22

गोरखापत्र दैनिकमा सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्न पत्राचार भएको समाचार र भाषा आयोगले अझै पूर्णता नपाएको समाचारले प्राथमिकता पाएको छ ।33

राजधानी दैनिकले संविधान संशोधनमा कांग्रेसभित्रै मतान्तर भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै राजविराजमा अबोध बालकको निर्मम हत्या भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

– भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाईमा राम्रै थिए । किन झुन्डिएर आत्महत्या गरे त ? कारण प्रहरीले खोज्दै होला ।

उद्दपी पछिल्लो समय स्कुले विद्यार्थीहरु विभिन्न कारणबाट आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ ।

विशेष गरी १० देखि १६ बर्षका स्कुले विद्यार्थीले आत्महत्या गरेको समाचार धेरै आइरहेका छन् । अभिभावक संघ नेपालका अध्यक्ष सुभप्रभात भण्डारी भन्नुहुन्छ । आखिर किन यस्तो भइरहेको छ त ?
यसको केही मनोवैज्ञानिक कारण हुन सक्ने भण्डारी बताउनुहुन्छ ।

उहाँले ‘विद्यालयमा काउन्सिलर राख्ने नाममा डीआई राखेका कारण पनि कलिला विद्यार्थीमा यस्तो समस्या भएको हुनुपर्छ । जुनबेला पनि घोकन्ते विद्या र विद्यार्थीलाई बढी प्रेसर दिइने कारण यस्ता घटना बढ्दै गएको’ उहाँको बुझाई छ ।

अहिले स साना कक्षाका विद्यार्थीले आत्महत्या गरेको खबरले नेपाली समाजलाई अचम्मित पार्न थालेको छ ।

”टिनएजर स्कुले विद्यार्थीलाई सोसल एबिलिटीको बारेमा ज्ञान नभएका कारण यस्ता घटना बढ्न थालेको हो । स्कुले विद्यार्थीलाई एक्लो महसुस भएपछि आत्महत्या गर्ने घटना बढ्न थालेका छन् । उनीहरु चाडै रिसाउछन्, धैर्यताको विकास भएको हुदैन र परिवारमा एक्लो भएको महसुस गर्दै सानै उमेरमा आत्महत्या गर्ने गरेका छन् ।
अहिले त थोरै बच्चा हुन्छन्, आमाबुबासँग धेरै डिमान्ड गर्छन् । डिमान्ड पूरा गरिदिएनन् कि आत्महत्या गर्छन् ।
उनीहरुमा यौनजन्य द्वन्द बढी हुन्छ जे कुरा माग गर्यो कि त्यो कुरा तत्काल पुर्याएदिनुपर्छ सोसल नेटवर्क र फिजिकल कन्ट्याक्ट बढी भएको कारणले पनि स्कुले उमेरमा आत्महत्याको घटना बढेको हुनसक्छ ।” – प्राध्यापक डा. शान्ता निरौला, बाल मनोविज्ञान विशेषज्ञ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की