डीपीएल : अत्तरिया ५ रनले विजयी, धनगढीको लगातार हार

 धनगढी , माघ २९ : घरेलु टोली धनगढी स्टार्सले रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तेस्रो संस्करणमा लगातार दोस्रो हार ब्यहोरेको छ।

फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा सिवाइसी अत्तरियासँग रोमाञ्चक खेलमा ५ रनले पराजित हुदैँ धनगढीले दोस्रो हार ब्यहोरेको हो। यसअघि सोमबार भएको पहिलो खेलमा धनगढी काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो।

अत्तरियाले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको धनगढीलाई भुवन कार्कीले धारिलो बलिङ गर्दै धराशायी बनाएका थिए। 

भुवनले चार ओभरको स्पेलमा १० रनमात्रै खर्चेर ४ विकेट लिएपछि धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रनमात्रै बनाउन सक्यो। 

इनिङ्सको दोस्रो ओभरमा सन्नी पटेलले अत्तरियाका लागि लगातार दुई विकेट लिदैँ धनगढीमाथि दबाब थपेका थिए। दोस्रो ओभरको चौथो बलमा सन्नीले धनगढीका ओपनर सुनिल धमला(४) लाई बोल्ड पारे भने पाँचौ बलमा ओपनर अमित श्रेष्ठलाई खाता नै खोल्न नदिई कट एण्ड बोल्ड पारे।

तेस्रो विकेटका लागि रोहन मुस्तफाले सन्दीप रजालीसँग गरेको २९ रनको साझेदारी अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले तोडे। ऐरीले आठौं ओभरको अन्तिम बलमा रोहन मुस्तफा(१८)लाई बोल्ड पारेका थिए। २७ बल खेलेका रोहनले २ चौका प्रहार गरे।

लगत्तै अर्को ओभरमा भुवन कार्कीले पवन सरार्फलाई खाता नै खोल्न नदिई सन्नी पटेलको हातबाट क्याच गराए। सोमपालले बाह्रौं ओभरको अन्तिम बलमा दीपेन्द्र रावतलाई छक्का प्रहार गर्दै टोलीको स्कोर बढाउने प्रयास गरेपनि लगत्तै तेह्रौ ओभरमा भुवन कार्कीले सोमपाल(१०)लाई सन्नी पटेलको हातबाट क्याच गराए।

सत्रौं ओभरमा भुवनले नै अमिर हायात(४)लाई दोस्रो बलमा एलबिडब्लु र तेस्रो बलमा सौरभ खनाललाई दीपेन्द्र ऐरीको हातबाट खाता नै खोल्न नदिई क्याच गराएपछि सिवाइसी खेलमा हावी भएको थियो।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा जारी खेलमा रोहन मुस्तफाले ४ ओभरको स्पेलमा १४ रनमात्रै खर्चेर २ विकेट लिएपछि अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९५ रनमात्रै बनाउन सकेको थियो।

यसअघि सोमबार भएको धनगढीको पहिलो खेलमा काठमाडौं गोल्डेन्सविरुद्ध पनि चार विकेट लिएका रोहनले अत्तरियाका ओपनरद्वय जयकिशन कोल्सावाला र सुवेन्दु पाण्डेलाई पवेलियन फर्काउनुका साथै सन्दीप जोराको उत्कृष्ट क्याच समातेका थिए। 

डीपिएलको अघिल्लो संस्करणका म्यान अफ द सीरिज समेत रहेका मुस्तफाले सुरुवातदेखि नै अत्तरियाविरुद्ध दबाब कायम राखेका थिए। फलस्वरुप अत्तरियाको सुरुवात निकै सुस्त रह्यो। जयकिशन कोल्सावालले २१ रनको पारी खेलेपनि अर्का ओपनर सुवेन्दु पाण्डेले उनलाई साथ दिन सकेनन्। 

जयकिशन कोल्सावालाले तेस्रो ओभरमा सोमपाल कामीलाई छक्का र पवन सर्राफलाई पाँचौ ओभरमा चौका प्रहार गरेका थिए। २६ बल खेलेका कोल्सावालालाई रोहन मुस्तफाले छैटौं ओभरको चौथो बलमा कट एण्ड बोल्ड पारे।

आठौं ओभरमा पाण्डेलाई मुस्तफाले नै ३(१५ बल) रनमा एलबीडब्लुको सिकार बनाए। आठौं ओभरमा सुरुवाती दुई विकेट गुमाएपछि क्रिजमा आएका अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरी पनि दबाबका बीच खुलेर खेल्न सकेनन्।

१३औं ओभरमा दीपेन्द्र(११) पनि विपिन खत्रीको बलमा विकेटकिपर राजु रिजालको हातबाट क्याच भए। अत्तरियाले विकेट गुमाउने क्रम जारी राख्यो।

पन्ध्रौं ओभरमा प्रेम तामाङ(१२) अमिर हायातबाट बोल्ड भए। ४५ रनको स्थितीमा क्रिजमा आएका सन्नी पटेलले अत्तरियाको पारी अघि बढाए।

सन्नी पटेलले २८ बलमा ३५ रनको पारी खेल्दै अत्तरियाको स्कोर ९५ रनमा पुर्याएका हुन्। उनी २ चौका र २ छक्का प्रहार गर्दै अविजित रहे।

मुस्तफासँगै धनगढीका लागि सोमपाल कामी, विपिन खत्री र अमिर हायातले समान १-१ विकेट लिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति