टि-१० लिगमा सन्दिपको उत्कृष्ट प्रदर्शन , बने म्यान अफ द म्याच

काठमाडौं, मंसिर ५ : नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ ।

1542825651Manofthe_mach

बुधबार भएको खेलमा साविकको विजेतासमेत रहेको केरलाले साहिद अफ्रिदिको पख्तुनलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

सारजाहमा पख्तुनले दिएको ११० रनको लक्ष्य केरलाले ७.५ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो।

केरलाका लागि कप्तान इयान मोर्गनले नटआउट ४६ रन जोडे। यस्तै पाउल स्ट्रलिङले ४० रन जोड्दा क्रिस गेल १३ रनमा आउट भए।

यसअघि नेपाली युवा लेग स्पिनर चम्किएपछि पख्तुनले पुरै १० ओभर खेल्दै ५ विकेट गुमाएर १०९ रन जोडेको थियो।

पख्तुनका लागि क्यामरुन डेलपोर्टले अविजित २८ तथा अन्द्र्यु डसनले २५ रन जोडेका थिए।

पख्तुनलाई सस्तैमा रोक्न म्यान अफ दी म्याच सन्दिप लामिछानेले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए।

सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए। आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिएका सन्दीपले अन्तिम बलमा समेत विकेट लिए ।

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले आक्रामक ब्याटिङ गरिरहेका वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा पेभेलियनको बाटो देखाए। फ्लेचर ३२ रनमा आउट भए। त्यसपछि अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे।

यस्तै छैटौं ओभरको चौथो बलमा सन्दीपले मुहमद कलिमलाई शून्य रनमा आउट गरेका थिए ।

जितसँगै केरलाले २ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। यसअघि पहिलो खेलमा १० विकेटले विजयी भएको राजपुत रनरेटका आधाराम शीर्ष स्थानमा छ।

केरलाले दोस्रो खेलमा बिहिबार सिन्धिसको सामना गर्नेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति