जर्मनी विश्वकप फुटबलका लागि छनोट, अर्जेन्टिना कठिन मोडमा

२० असोज, एजेन्सी ।

साविक विजेता जर्मनी २०१८ को विश्वकप फुटबलका लागि छनोट भएको छ । गएरातिको खेलमा नर्दन आयरल्याण्डलाई तीन–एक गोलले हराउँदै जर्मनीले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

जर्मनी विश्वकपमा लगातार ८३ वर्षदेखि छनोट भइरहेको छ । समूह ‘सि’ मा रहेको जर्मनीले ९ खेलबाट २७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको समान ९ खेलबाट १९ अंक छ । नर्दन आयरल्याण्डको विश्वकपमा छनोट हुने सम्भावना कायमै छ ।

त्यस्तै, स्लोभानियालाई एक–शुन्यले हराउदै इंग्ल्याण्ड पनि विश्वकपमा छनोट भएको छ । इङल्याण्डका लागि एक मात्रै निर्णायक गोल क्याप्टेन ह्यारी केनले गरेका हुन् ।

समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डलाई विश्वकपमा छनोट हुन खेल बराबरी गरे पुग्ने थियो । तर, खेल सकिन केही मिनेट मात्रै बाँकी हुँदा ह्यारीले गोल गर्दै विश्वकप इङ्ल्याण्डको विश्वकप यात्रा सहज बनाएका हुन ।

उता, दक्षिण अमेरिकी मुलुक अर्जेटिना भने सन् दुई हजार अठारको विश्वकप छनोटको कठिन मोडमा पुगेको छ । आज विहान भएको खेलमा पेरुसँग गोल रहित बराबरी खेलेपछि स्टार स्ट्राइकर लियोनन मेस्सीको टिम अर्जेटिनाको विश्वकप यात्रा कठिन बनेको हो ।

खेलमा अर्जेन्टिनाले पेरुलाई दवावमा राखेपनि गोल गर्न सकेन । दक्षिण अमेरिकाको समूहबाट शीर्ष चारमा पर्ने समूह सिधै विश्वकपमा छनोट हुनेछन् । पाँचौ स्थानको टिमले न्यूजिल्याण्डसँग प्ले–अफ म्याच खेल्नु पर्नेछ ।

अर्जेन्टिनाले अर्को साता इक्वेडरसँग खेल्ने छ । इक्वेडरसँगको खेल जिते पनि अर्जेन्टिनालाई विश्वकपमा छनोट हुन अरु टिमको खेलमा भर पर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति