छोरा जन्माउनुपर्यो भन्दै बिवाह गर्दै घरभरी श्रीमती

छोरो चाहिन्छ, छोरो जन्माउँछु भनेर श्रीम तीहरु भित्र्याउँदैगएँ; छओटी श्रीमति भित्र्याएँ”, रोल्पाको थवाङ, ठूलोगाउँका ५९ बर्षीय हित पुनले ठूलै बहादुरी नै गरेझैं बर्णन गरे।

1476761750rolpathawang-1

पुनको पहिलो विवाह उनी १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो । तिनीबाट दुई छोरी छन् । ३० वर्षको हुँदा १७ वर्षीया किशोरीलाई दोस्रो श्रीमतीका रुपमा भित्र्याए । तिनीबाट सन्तान भएनन् । त्यसपछि उनले एकपछि अर्को गर्दै केही वर्षको फरकमा २० देखि २२ वर्ष उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी रह्यो । त्यसमध्ये उनकी एउटी श्रीमती करीब २२ वर्षकी छिन्। यसअघि ५६ वर्षको हुँदा उनले पाँचौँ श्रीमतीका रुपमा पाकै उमेरकी विधवा महिलासँग प्रेम विवाह पनि गरेका थिए। तिनीबाट पनि छोरा नभएपछि एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको उनको भनाइ छ । 

छैटौँ श्रीमतीबाट भने उनको छोरा जन्माउने धोको पूरा भएको छ। तर सुखी जीवन जीउने सपना भने साकार हुन सकेको छैन । उनकी कान्छी श्रीमती चौबिसै घण्टा मदिरा सेवन गर्छिन्, जस्ले उनलाई मानसिक तनावमा पारेको छ। करीब चार महिनाको बच्चा धुरुधुरु रोइरहँदा पनि बच्चा सम्हाल्न नसक्नेगरी मदिरा सेवन गर्नुले यो परिवारलाई विक्षिप्त बनाएको छ ।

लोग्नेले यताउति गर्दै कमाई गरेर घर फर्कंदा टन्नै मदिरा पिएर श्रीमती एकातिर लडिराखेकी र चार महिनाको बच्चा अर्कोतिर रोइरहँदा वरपरका छिमेकीलाई समेत हैरानी हुने गरेको छिमेकीले बताएका छन् । यसरी विवाह गरेका अन्य श्रीमतीले छोडेपनि उनका तीनवटी श्रीमती भने उनकै संरक्षणमा फरक फरक स्थानमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ