चीनले १ खर्ब २० अर्बमा बनायो यस्तो थीम पार्क  ! (फोटोफिचरसहित)

 

चीनको ग्वेझोउ इलाकामा एक थीम पार्क बनाइएको छ । आगामी डिसेम्बरमा यो पार्कको निर्माण पूरा हुनेछ । यो पार्कको विशेषता के भने यहाँका सबै चिज वास्तविक जस्ता लाग्दछन् । अर्थात् तपाइँ छुट्टै संसारमा पुगेजस्तो अनुभव गर्नुहुनेछ । कहीँ एलियन घुमिरहेका हुनेछन् त कहिले तपाइँको अगाडि ड्रागन खडा हुनेछ ।

 चीनको प्रसिद्ध एनिमेसन कम्पनी ओरिएन्टल टाइम्स मिडिया कर्पोरेसनले यो पार्कको निर्माण गरेको हो । यो भर्चुअल रियालिटी प्रविधिमा बनाइएको छ । तपाइँ जब पार्कभित्र छिर्नुहुनेछ तपाईंलाई सबैखाले भर्चुअल रियालिटी ग्याजेटहरु लगाउन दिइनेछ । अनि तपाईंसामु हुनेछ एक छुट्टै संसार ।

यो पार्कको आधाभन्दा धेरै काम सकिएको छ । डिसेम्बरमा यो सर्वसाधारणका लागि खुल्ला हुनेछ । यो पार्क बनाउनमा १ खर्ब २० अर्ब रुपैयाँभन्दा धेरै खर्च लागेको छ ।

पार्कको बीचमा १७४ फिट अग्लो फिल्म प्रदर्शन गर्ने ट्रान्सर्फमर मेसिन जडान गरिएको छ, ताकि टाढैबाट देखेर बच्चाबच्चीहरु आकर्षित होउन् ।

३ सय २० एक्कड क्षेत्रफलमा बनेको यो पार्कमा अलग अलग ब्लक छन् । कतै तपाइँले अन्तरीक्षको यात्रा गर्नुहुनेछ त कतै ड्रागनसँग युद्ध । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार