घरेलु टोली थाइल्यान्डलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं , माघ २ : थाइल्यान्डमा जारी महिला टी-२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्यान्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा ग¥यो। नेपालका लागि ममताकुमारी चौधरीले आठ रन बनाउँदा नेरी थापाले पाँच र डोली भट्टले दुई रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्यान्ड नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो।

थाइल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले तीन विकेट लिइन्। इन्दु बर्मा र सरिता मगरले दुई/दुई तथा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक/एक विकेट लिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति