July 21, 2018

खारेजी परेका कार्यालयका कर्मचारी अन्योलमा

 

 साउन ०५, 

चौतारा / सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी जिल्लास्थित सेवा प्रदायक १८ कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न खारेजीको घोषणा गरेपछि कर्मचारी कहाँ र कुन अवस्थामा काम गर्ने भन्ने अन्योलमा परेका छन् ।

सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको र सम्बन्धित निकायबाट हालसम्म आधिकारिक पत्र प्राप्त भएको छैन । सम्बन्धित निकायबाट कुनै आधिकारिक पत्र नआएकाले हाजिर मात्र गरेर बस्ने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख दुर्गादत्त पन्थीले बताउनुभयो । “कृषकले प्राविधिक सल्लाह लिन आएमा सल्लाह दिने अन्य काम भने ठप्प छ”, उहाँले भन्नुभयो ।

कार्यालय खारेजीपछि अस्थायी र ज्यालादारी कर्मचारीलाई हाजिर नगराउने निर्देशन आएकाले त्यसको पालना गरिएको र अन्य काम केही हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनीयर शम्भु खनालले बताउनुभयो । उता खारेजीमा परेको घोषणा गरिएपछि हाललाई कार्यालय यथावत् रुपमा रहने गरी पत्र प्राप्त भएको घरेलु तथा साना उद्योग विकास समितिका लेखा अधिकृत भगवान झा बताउनुहुन्छ ।

हालसम्म आधिकारिक पत्र नआए पनि प्रदेश मातहत रहने गरी जिल्ला वन कार्यालय यथावत् रहने र यसअघि इलाका वन कार्यालयले गर्दै आएको काम तीन नगरपालिका र नौ गाउँपालिकालाई समेट्ने गरी छ सबडिभिजन कार्यालय रहने आफूले जानकारी पाएको जिल्ला वन अधिकृत राजु क्षत्रीले बताउनुभयो ।

त्यसैगरी भूसंरक्षण कार्यालयमा पनि कामकाज ठप्प छ । देशमा १४ डिभिजन कार्यालय रहेको हुँदा त्यसमध्ये एउटा डिभिजन कार्यालय यहाँ रहने सम्भावना रहे पनि सोबारे अहिलेसम्म कुनै आधिकारिक पत्र प्राप्त भइसकेको सहायक भूसंरक्षण अधिकृत प्रदीप श्रेष्ठले बताउनुभयो ।

कार्यालय खारेजीमा परेका शिक्षा, पशुसेवा, महिला विकासलगायत कार्यालयका कर्मचारी पनि हाजिर मात्र गरेर बस्ने गरेका छन् । जिल्ला अस्पताल भने आगामी असोज मसान्तसम्म यथावत् रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जिल्लामा खारेजीमा परेका कार्यालयमध्ये शान्ति समिति मात्र भाडाको घरमा बसेको र अन्यको आफ्नै सरकारी भवन छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ